My Blog List

Showing posts with label Tea-Time. Show all posts
Showing posts with label Tea-Time. Show all posts

Thursday, December 31, 2009

हास्यमेव जयते !

यस पटक, हाँस्नु र हँसाउनु अगाडि हाँसोका बारेमा केही कुराहरु:

किन हाँस्ने ?
हाँस्नुलाई तपाइ केवल क्षणीक मनोरञ्जन वा एकैछिनको टाईमपास मात्र सम्झनुहुन्छ भने त्यो गलत हुनसक्छ ।

हाँस्नु मानिसको लागि शारिरीक र मानसिक दुबैकोणबाट एकदमै लाभदाएक छ । वैज्ञानिक सोधलाई आधार मान्ने हो भने एक पटक हाँस्दा मानिसको अनुहारको सबै मांशपेसीहरु सक्रिय हुन्छन र यदि त्यो हाँसो जोडदार छ भने मानिसको अनुहारका ५३ मांशपेसीहरु, पेट, छाती र अन्य अंगहरु गरी शरिरका करिब करिब पुरै भाग सक्रिय हुन्छन । मानसिक रुपमा यसले पार्ने प्रभाव झनै गहिरो हुन्छ ।

व्यस्त जीवन शैली र तनावपूर्ण दिन गुजार्नेहरुका लागि त हाँस्नु झनै अत्यावश्यक र महत्वपूर्ण मानिन थालेको छ । विशेष गरी यसले हृदय रोग , मधुमेह व उच्च रक्तचाप जस्ता रोगहरुलाई निकै हदसम्म नियन्त्रण गर्न सक्ने कुरा खोजहरुबाट साबित भैसकेको छ । त्यसैले आजकल धेरै शहरहरुमा हाँस्नेहरुको क्लव र समुह समेत बन्न थालेको छ ।

कसरी र कतिबेर हाँस्ने?
दिनमा आधाघण्टा जत्ती सम्म खुलेर हाँस्न सकेमा शरिरका हार्मोनहरु समेत सन्तुलनमा आउने र मानसिक तनावबाट मुक्त गर्ने कुराहरु धेरै पहिला नै प्रमाणित भैसकेका छन । मुख्य कुरा भनेको आजकलको तनावपूर्ण जीवनमा मानिसहरु हाँस्न समेत कन्जुस्याई गर्छन वा व्यबसायीक जीवनको सफलताको लागी गंभीर हुनुपर्छ भन्ने नकारात्मक धारणाका कारण पनि धेरैले खुलेर नहाँस्ने सम्मका रिपोर्टहरु कते पढेको थीएँ मैले ।

त्यसैले ‘मर्नै परेपछि खुट्टै तानेर” भने जस्तै हाँस्नु छ भने पुरै जिउलाई स्वतन्त्रता दिएर मस्त हाँस्नु शरीरको लागि लाभदायक हुन्छ ।

हाँस्ने तरिका
दिल खोलेर वा पुरै स्वतन्त्र भएर हाँस्नु भनेको यस्तो प्रक्रिया हो जसमा शरीरका प्रत्येक अंग मात्रै आनंदविभोर भएर कम्पन गर्दैन, केही समयको लागी दिमाग पनि विचार शून्य हुन्छ। त्यसैले त जान्नेहरु हाँसोलाई औषधि र ध्यान समेत भएको बताउँछन ।

केही खराबी पनि छ कि ?
हास्य योग वा Laughing therapy को बारेमा अहिले संसारभर नै प्रयोगहरु चलिरहेका छन र प्राय: सबैको सकारात्मक नतिजाहरु आएका छन । अहिले श्रोत त सम्झना भएन तर कतै ईन्टरनेटमै दम वा asthma को रोगीलाई भने धेरै हाँस्नु कहिलेकाही घातक पनि हुन सक्छ भन्ने बारेमा एउटा रिपोर्ट पढेको थिएँ (डिस्क्लेमरको यो लाईन पनि सुरुमै दिउँ कसो

खै त हाँस्ने सर्जाम ?
यत्तिका लामो कुरा गरेर हाँसने सर्जाम दिईएन भने त्यो पनि एउटा धोका हुने छ त्यसैले जाँदा जाँदै केही ताजा चुटकिलाहरु:


JOKES


नयाँ लेखक पुरानो नाम
प्रकाशक: हेर्नुस, तपाईको किताब त एकदमै राम्रो छ, तर हामी केवल नाम चलेका लेखकका किताब मात्रै प्रकाशन गर्छौं ।

लेखक: त्यो त झनै राम्रो भयो नि !

प्रकाशक: कसरी ? ।

लेखक: मेरो नाम पनि भैरब अर्याल हो ।

बिरामी-नर्स सम्बाद

बिरामी (नर्ससंग): म तिम्रो प्रेममा यसरी फसेको छु कि मलाई सधैं तिमीसंगै बस्नको लागि मेरो यो रोग कहिल्यै निको नहोस जस्तो लाग्न थालेको छ ।

नर्स: .. तिम्रो यो रोग साँचै पनि कहिल्यै निको हुँदैन अब...

बिरामी: कसरी ?

नर्स: तिम्रो उपचार गर्ने डक्टर मलाई प्रेम गर्छन र तिमिले मलाई मन पराएको कुरा उनलाई पनि थाहा छ ।

कुखुरी र अण्डा


एउटा कुखुरी एउटा किराना पसलमा (जोकै त हो !):

कुखुरी: साउजी मलाई एउटा अण्डा दिनोस त ।

साउ: (छक्क पर्दै) तिमी आफैं अण्डा पार्न सकिहाल्छौ नि !

कुखुरी: त्यो त हो... तर मेरो भालेले भनेको ५ रुपैयाँको लागि फिगर विगार्नु मुर्ख्याई हो रे !

जँड्याहा लोग्ने
नशाले मस्त लोग्ने आफ्नै स्वास्निलाई चिन्न सक्दैन।

पत्नी- के भन्दैछौ तिमी ? जाँडले मात्तेर मलाई पनि चिन्दैनौ, म तिम्रो पत्नी हुँ पत्नी।
पति- सुन्दरी...! ... तिमीलाई त थाहै छ नि म रक्सी खाएपछि आफ्नो सबै समस्याहरु भुल्छु।

जाँदा-जाँदै यो एउटा ‘आर्ट जोक’
एकजना पण्डीत नदी किनारमा हिँड्दै थिए । अचानक उसले कुनै मानिस आत्महत्याको लागि नदिमा हामफाल्न लागेको देखे । उनी त्यो मानिसको नजिक गए र भने:

“मर्नु कायरता हो... हेर जिउँदो रहने अनेक कारणहरु हुनसक्छन...”

“जस्तै ?”

“के तिमी धर्ममा विश्वास गर्छौ ?”

“गर्छु”

“ म पनि गर्छु, भन तिमी हिन्दू हौ कि मुश्लिम वा क्रिस्चिएन ?”

“हिन्दू !”

“ल हेर, म पनि हिन्दू हुँ.... तिमी द्वैतवादी कि अद्वैत वादी”

“द्वैत वादी !”

“ल ..हेर.. म पनि द्वैतवादी नै हुँ ...तिमी साकार ईश्वर मान्छौ कि निराकार?”

“साकार”

“कस्तो संयोग... म पनि साकार ईश्वर नै मान्छु..., अब भन तिमी शैव हो या वैष्णव?”

‘‘वैष्णव’’

‘‘ म पनि त वैष्णव नै हो, बरु तिमी वैदिक जप गर्छौ कि तान्त्रिक?’’
‘‘वैदिक !’’

‘‘म पनि वैदिक, वाह !, तिमी उपनिषदलाई बेदको साखा मान्छौ कि भिन्न धार?”

‘‘भिन्न धार”

‘‘ म पनि !, अब भन, गायत्री मन्त्र जप्छौ कि अन्य कुनै मन्त्र?’’
‘‘नम: शिवाय मन्त्र !’’ ‘

“ के रे? नम: शिवाय???, मुढ, मित्थ्याचारी, वैष्णव भएर ‘नम: शिवाय’???, तिमी जीवित रहेर पनि जिवनको के सार्थकता भयो त ?”

यती भनेर पण्डित सरासर आफ्नो बाटो लाग्छ ।