My Blog List

Showing posts with label कथा / साहित्य / निबन्ध. Show all posts
Showing posts with label कथा / साहित्य / निबन्ध. Show all posts

Sunday, February 14, 2010

Do not Enter

त्यो दिन यसरीनै शुरू भएको थियो.रात भर गड्याङ्ग गुडुङ्ग र पानी पारी रह्यो.सबेरै काममा पुग्नु पर्र्थ्यो तर टेलीफोनमा सेटअप गरेको अलार्मले धोका दियो.काममा ढिलो पुग्नु भन्दा बिरामीको निहु पार्नु सजिलो भएकोले काममा गईएन.कोठामा कम्प्यूटर खोलेर भान्छामा चियाको लागी दूध र पानी बसाले.कम्प्युटरको जालोमा अल्झिदा उता भान्छाको दूध पानी उम्लेर गएको बास्ना कोठामा प्रबेश गर्यो हतारिदै भान्छामा पुगेर बाकि रहेकोसेतो दूध पानीलाई चिया र चिनीले रंगाए.यता जालोमा देखिएका साथीसंगीहरू एकैछिन मेसेज फ़र्काउन ढिलो भएकोमा कराउदै थिए…उनीहरुलाई मेरो परिबेशमा गड्याङ्ग गुडुङ्ग छ .केही डढेको छ. केही तातो पनि छ भन्ने आभाष समेत थिएन
खाना खाने समयमा चोकको चाइनीज रेस्टुरेंट बाट चिकेन तेरियाकी मगाए.खाना आयो डेलिभरी कर्तालाई ७५ रुपैया टिप्स दिए उ नियाउरो मुख लागाउदै फर्कियो.खानाको बट्टा खोल्छु त चिकेनको सट्टा बीफ रहेछ के गुनासो गर्नु भनेरबिफलाई पन्छाएर बाकि रहेको सागपात र भात खाए.खाना पछि म बाहिर निस्किए सहरको रमझम हेर्न. तर ट्रेन चढेको केहि समयमा ट्रेनमा खराबी आयो भनेर भित्र सुरुंगमा आधा घन्टा जस्तो सस्ती खाइयो.पछि आपतकालीन अबस्थामाबस लिएर जानु पर्ने खबर आए पछि अलपत्र यात्रुहरू बसको खोजीमा भोतारिए.हो त्यहि अलमलमा उनिसंग भेट भो,
उनले कहा जान लागेको भनेर सोधिन मैले यतै कतै भने पछि उनले पनि यतै कतै भनिन.हामी बस चढेऔ .बसबाट फेरी ट्रेनमा चदनु पर्छ रे..बसको हल्लाले मैले उनको कुरा तेती बुझ्न सकिन तर भिडहरुमा मैले उनको भाब भने प्रस्ट बुझे. बसबाट ओर्लेर हामी अर्को ट्रेन चढेऔ.ट्रेन एकोहोरो कर्कसलाग्दो आवाजमा दौडी रहेको थियो भने हामी बिचमा मौनता थियो. ट्रेन कहिले जमीन मुनि कहिले जमीन माथि दौडिन्थ्यो तर हाम्रा आँखा हामी बिचमा मात्रै सिमित थियोहामी ट्रेनबाट ओर्लियौ एउटा पुरानो बस्ती नजीक. ट्रेन हाम्रो टाउको माथिबाट दौडी रह्यो.उनले मलाई उनको गुड तीर लगिन.घरको पछाडी पट्टी उनको गुड्मा छिर्ने ढोका रहेछ,
उनको घरको पर्खालमा बिभिन्न होर्डिंग बोर्ड र सुचानाका पोस्टरहरू थिए.उनको गुडको बहिर do not enter भने ट्राफ़िकको साइन बोर्ड थियो.छेउमै no parking र तेसै गरी all vehicle will be towed by owner एक्स्पेंसेस ठुलो अक्षरमा लेखिएको थियो .
हामी भित्र छिरेपछि पानी दर्कीयो.गयाङ्ग गुडुंग बढ्यो.केहि बेर पछि पानी रोकियो.उनी त्यहि बसिनम बाहिर निस्किए.उनको गुंड बाट निस्कदा one way लेखिएको साईन आँखामा ठोकियो. रात पर्यो .त्यो दिन त्यसै गरी बितेको थियो..

Thursday, December 31, 2009

मुना

मेरो सानो कुराले पनि उसको मन सायद रुन्थ्यो होला । त्यसैको वहस्वरुप अनुहार अँधेरो हुन्थ्यो । उसको अर्थात मुनाको ।
मुना अलि चाडै रिसाउँथी । रिसाउँदा अझै ऊ राम्री देखिन्थी । त्यही भएर म विरालोले मुसा खेलाएझैं जिस्काएर अझ रुवाउने चेष्टा गर्दथे मायालु पारामा । उसको अनुहार मलाई ठ्याक्कै पि्रयंका चोपडाको जस्तो लाग्थ्यो । उसले पि्रयंकाको नाम सुनेकी थिई-थिइनन् तर म भने उसको अभिनय भन्दा पनि रुपमा आकर्षित मात्र नभएर हुरुक्कै हुन्थेँ ।
एक दिन उसको मन चोर्न मैले मायाको कुरा गरेको थिएँ । त्यसपिछ मात्र मैले थाहा पाएको थिएँ । उनी पनि मलाई माया गर्दिरहिछिन् भनेर । समयको गतिसँगै हाम्रो सामिप्यता बढ्दै गइरहेको थियो । अझ भनौं स्पर्श र न्यानो आलिङ्गनमा हाम्रो भेट बित्न थालेको थियो । अविवाहित भए पनि विवाहित जस्तै व्यवहार हुन्थ्यो हाम्रो ।
खै कसरी हाम्रो माया गढ्यो पत्तै भएन । उसको र मेरो पढाईको लेवल पनि मिल्दैन थियो । जात पनि मिल्दैन थियो । मलाई प्रेम प्रस्ताव मेरो सहपाठी सजातीय मीत्रले पनि राखेकी थिईन् तर हाम्रो नाता बढ्न सकेन केबल साथीको नाता भन्दा माथि । सायद त्यसैले होला कोही भन्थे - प्रेम अन्धो हुन्छु कोही भन्थे -लेखेको मात्रै हुन्छ देखेको हुँदैन । कताकता हो जस्तो पनि लाग्छ ।
मुना मलाई माया त गर्थिन । त्यतिकै घृणा पनि गर्ने हो कि भनेर डर लागिरहन्थ्यो मलाई । किनकी म बेरोजगार थिएँ । हुत्तिहारा थिएँ । हरिलन्ठक थिएँ । लठीभुत्ते थिएँ । म भावुक हुन्थे । बल्लबल्ल एस। एल। सी। गरेका साथीहरु कोही वोर्डिङ्गकै भए पनि टिचर कोही फ्याक्ट्रीका खरदार कोही भने मलेशियाको मूढो चिरे पनि अरवको वालुवामा बेल्चै चलाए पनि विदेशी लाहुरे भइसकेका थिए । घोत्लिन्छु । जिन्दगी बेरोजगारीको नायकै भएर वित्ने भो । मेरो जीवन नदी किनारको वगर हुने भो । यो जमाना त जागिर खान ठाउँ-ठाउँमा आफ्नो मान्छे हुनु पर्ने । कि त पैसा पेल्न सक्नु पर्ने । नत्र भने जागिरको नियुक्तीः पाउन संसारको आठौं मात्र नभएर नवौं आश्चार्य थियो । सोस्र लगाउनलाई यो संसारमा मेरो म आफैँ भन्दा अरु कोही छैन । फोस्र लगाउनलाई आफैँ कङ्गाल । अनि म कसरी संसारको नवौं आश्चार्यमा पर्न सम्भव हुँला मसँग जता हेरे पनि धोका र असफलताको लाइन थियो ।
मुनाले मलाई धोका दिन्छिन् कि भेनेर कताकता डर लागिरहन्थ्यो । म उसलाई अति चाहान्थे । उनले चाहिँ बोक्रे मायमा गरेको हो कि भन्ने शंका लागिरहन्थ्यो मलाई । कहिलेकाहीँ सोच्थे यो प्रेम अगाडी बढाउन भनेको नदुखेको टाउको कपालमा डोरी लगाएर दुखाउनु त होइन तर के गर्नु माया वैगुनी नभई नहुने ।
घरको त कुरै गर्नु परेन पिडीत अति पिडीत मानसिक रुपमा । मेरा पिताजी दोस्री अर्धाङ्गिनी च्यापेर राजधानी जिराजमान थिए । आमा लेाग्नेले हेला गरेको असहाय गाउँकी अनपढ आइमाई थिइन् । हाम्रो समाजमा लोग्नेले हेला गरेपछि कसैको पनि प्यारो हुँदो रहेनछ । भाइ नि।मा।वि। पढ्दै गरेको नावालक थियो ।
सिरानी मुनी ग्रयाजुयटको प्रमाणपत्र डिग्री हाँसिल गर्दै गरेको एक हृष्टपुष्ट खाइलाग्दो २२ बर्षे युवक वेकामी भई अभागी र क्षमता नभएको खोक्रो वीउ निकालिएको तोरियाँको जालो हुने सौभाग्य मैले पाएको थिएँ । प्रमाणपत्र पेश नगरेको र मेरो पाइला नपरेको सायद नेपालमा कार्यालय नै छैन होला । फाराम भर्ने जाँच र अन्तर्वार्ता दिनेको त पी।एच।डी।धारी नै भइसकियो । जागिर खान वीरवल र अकवरको खिचडीको कथा जस्तै भयो ।
मेरो जीवन अधोगतिमा चल्दै थियो । कहाली लाग्दो जीवन डोर् याएर खोच्याउँदै असफलताको बाटो हिड्दैछु । मलाई आफ्नै छायाँले तिरस्कार गरे जस्तो लाग्न थाल्यो ।
म आफ्नो झोलामा भएको प्रमाणपत्रको खात हेर्छु । खुइय गर्छु । तर कताकता गर्वले छाती फुले जस्तो पनि हुन्छ । हातभरि प्रमाणपत्र त छ नि । कल्पना गर्छु । यो मेरा प्रमाणपत्रको काम आउने दिन कहिले आउला कहिले हामी जस्ता बेसहारा गरीवका छोराछोरीहरुको दिन आउला आफ्नो योग्यता र क्षमता अनुसारको जागिर आफ्नै देशमा खान पाए म कति हर्षित हुन्थे हुँला । म कति गर्वित हुन्थे हुँला । मेरी आमाको शीर कति उँचो हुन्थ्यो होला । अझ भन्नु पर्दा खाइ नखाइ आमाले म माथि गरेको लगानी सफल भएको महशुस म गर्ने थिएँ । मेरी आमाले गर्ने थिइन् । अनि वीस ठाउँमा टालेको चोली फेर्न र एउटा सारीलाई एउटै बनाएर लगाउनलाई दिन सक्थे । भाइलाई टेक्निसियन बनाउन सक्थे । उसले मैले जस्तो झोलाभरि योग्यताको खोस्टा बोकेर जुत्ताको तलुवा फाटुन्जेल र तालुको रौं झरुन्जेल जिन्दगीको रथ चलाउनको लागि जागिर खोज्नु पर्दैन थियो ।
गाउँमै म हल्लिएर िहंडेको देख्दा सबैजना मेरा कुरा काट्थे । कस्तो हुतिहारा रहेछ है । एउटा जागिरमा झुण्डिन नसक्ने । यत्रो पढालेखा मान्छे नेताहरुको पछि लाग्नु । भनसुन गर्नु । कति बूढी आमाको थाप्लोमा गीर खेल्न सक्या होला हुन पनि हो ती बूढी आमाले नै तीन जनाको सास धानेकी थिइन् । गाउँघरतिर काम गर्न म मानहानी भएको अनुभव गर्थे । तर नेताको पछि पनि नलागेको कहाँ हो र म । महिनामा सरकार फेरिन्छ । सरकारमा रहुन्जेल उनकै भाइ-भतिजा र भााजा-भााजीहरु सात पुस्तादेखिको बेरोजगार हाम्रो पालै नआउने । सरकार फेरिए पछि नेता बेपत्ता आफू लुरुलुरु रुझेको मुसो भएर घरतिर फर्किनु परिगो । के गर्नु कर्मै खोटो आफ्नो त । भाग्यलाई दोष दिन्छु । सँगै पढेका साथीहरु हाकिम भए । टाईकोटमा सजिएर घुमाउने कुसर्ीमा बसिरहेछन् । मनमनै डाहा लाग्छ । तर म पनि बस्थे हुँला नि ! तिनीहरुको जस्तो बुवा संस्थानको म्यानेजर मामा मन्त्रालयको सचिव काका प्राधिकरणको निर्देशक भए त होइन र आफैंलाई सोध्छु । सान्त्वना दिन्छु आफैलाई ।
दिन ढल्दैछ । रात जाँदैछ । समयको चक्र घुम्दो छ । सास रहुन्जेल आश भने झैं पापी समयले कहाँ पुर्याउँछ हेर्नुछ । मलाई लाग्छ मेरो जीवन एउटा चिडियाखाना हो जहाँ दुःखै-दुःख पालेर राखिएको छ ।
मुना पनि पहिला जस्तो नभएर अलि टाढिन खोजे जस्तो लाग्न थाल्यो । भेटघाट पनि पातलिदै गयो । देखे पनि नदेखे जस्तै गर्न थालिन् । के कारणले यस्तो भयो होला के गरिवी कै कारणले होला त म वी।पी लिखित दोषी चश्माको केशवराज जस्तै एकोहोरीन थालें कारण पत्ता लगाउनलाई ।
हुन त म भन्दा उनी खानदानिया थिइन । उसको नातेदारहरु जागिरका ठुला-ठुला पोष्टमा हुनुको साथै उनी म भन्दा ठुलो जातकी पनि थिइन् । उसलाई सानोतिनो जागिर खान कुनै ठुलो महाभारत थिएन । त्यसैले ऊ मेरो भन्दा माथि हैशियत भएको घमण्ड गर्थी । अर्थात मुना एक्काइसौं शताव्दीको पक्का आधुनिक केटी थिइन् । गरिव र कमाई नभए पछि अहिलेको दुनियाँमा कोही पनि आफ्ना हुँदारहेनछन् । सबै जना बलेकै आगो ताप्ने रहेछन् ।
मेरो साथ कोही रहेनन् यहाँ । बस् हण्डर गोत्ता र अभाव बाहेक । जसरी भएपनि मैले यी सबैलाई हटाउनु छ । मेरो नाम समाजमा स्थापित गराउनु छ । मेरो आमाले देखेको सपना साकार पार्नुछ ।
विस्तारै मलाई आफ्नै देशमा काम पाउने र देशको सेवा गर्न पाउँछु भन्ने विश्वास लाग्न छाड्यो । त्यसैले अर्कैको देशलाई उभो लगाउन र विदेशीलाई स्याहार गर्नै भएपनि बिदेश जाने निधो गरेँ र ऋण काढेर लागें विदेशतिर ।
म विदेश आएको ६ महिना पछि मुनाको एक धनाढ्य जागिरे केटासँग विवाह भएको सुनें । पृथ्वी घुमेजस्तो लाग्यो । छटपटी भयो ा रातभरी निन्द्रै लागेन । अनेक दृष्यहरु घुमिरह्यो आँखा वरिपरी । धेरै कुराहरु खेलिरह्यो मनभित्र । उसलाई भुल्न गाह्रो भयो मलाई । तर उनी हाँसी खुशी नै छिन् भन्ने सुनेर थोरै भएपनि मनलाई शान्त्वना मिल्यो । मेरो आवश्यक्ता ऊ भएपनि म उसको आवश्यक्ता कहिल्यै हुन सकिन । यो सबै हुनु भनेको गरिव हुनु हो भन्ने निर्णय मेरो मनले गर्यो । त्यो केटीहरुको लागि माया भन्दा ठुलो धनै हुदोरहेछ भन्ने कुरा उनले प्रमाणित गरेर देखाई दिइन् ।
आज म विदेश आएको पनि ४ बर्ष भइसक्यो ा सायद बेरोजगारी उत्पादन गर्ने ठाउँमा वैज्ञानिक प्रविधिहरुमा लगानी गरेर फ्याक्ट्रीहरु स्थापना कृषिमा विविधिकरण र वैज्ञानिकीकरण गरिदिएको भए म जस्ता युवाहरु आज यसरी ऋण काढेर साहूसँग विदेशिनु पर्दैन थियो होला । के गर्नु हाम्रा नेताहरुले नेपाललाई वेरोजगारी उत्पादन गर्ने फ्याक्ट्री नै वनाएर छाडे । महान भए हाम्रा नेताहरु । अलिकति आक्रोशित हुन्छ ।
विदेश आउन लिएको ऋण जसोतसो तिरियो वाँकी व्यवहार जस्ताको तस्तै । फेरि एकपल्ट मेरी आमाको सपना तुहिए जस्तो लाग्यो । मेरी आमाले कति सपना देखेकी थिइन होला । मेरो पढाइको स्तर बढ्दै जाँदा र घरबाट पैसा कमाउन विदेशतिर हिड्दा । जे भए पनि मनलाई सान्त्वना दिन महिनै पिच्छे एकपटक आमासँग कुरा गर्छु । तर मुनासँग आजसम्म एकपटक पनि कुरा हुन सकेन ा होला अलिकति उनले अलिकति मैले नचाहेर । ऊ अहिले मेरो सम्झनामा मात्र छिन् मात्र सम्झनामा । उनले चटक्कै विसेर पनि मैले भुल्न सकेको छैन । ती अतीतका पलहरुलाई । त्यही सम्झना स्वरुप एकपल्ट तिमीलाई स्वर्णिम भविष्यको शुभ कामना छ है मुना ।