My Blog List

Showing posts with label कृती / समिक्षा. Show all posts
Showing posts with label कृती / समिक्षा. Show all posts

Thursday, December 31, 2009

” पल्पसा क्याफे : एक भिन्न द्रिष्टिकोण

नेपाली पुस्तक बजारमा पल्पसा क्याफे मात्र एउटा यस्तो उपन्यास हो जसले पर्याप्त समीक्षा र प्रचार-प्रसारविना नै एक महिनाभन्दा पनि छोटो समयमा हजारौँ पाठकको मनमाथी एकाधिकार रूपमा शासन चलायो ।

पल्पसा क्याफे प्रकासित हुनु भन्दा अगाडि एक आमपाठक वा समीक्षक भएर लेखक श्री नारायण वाग्लेले एक ठाउँमा यस्तो चिन्ता व्यक्त गरेका छन्- ” हामीकहाँ समीक्षाको आधारमा पुस्तक बिक्तैनन् । समिक्षक नहुनाको दु:ख पाठकलाई छ । तर राम्रै पुस्तक पनि कति पो निस्कन्छन् र ? असल पुस्तक धेरै नभएको समाज बौद्धिक अर्थमा दरिद्र नै हुन्छ ।”

पल्पसा क्याफे उपन्यासका रचनाकार नारायण वाग्ले कान्तिपुर दैनिकीका प्रधान सम्पादक पनि हुनुहुन्थ्यो तर अहिले उहाँ व्यावसायिक रूपमा कान्तिपुर छोडेर धुम्बाराही प्राइभेट लिमिटेडवाट प्रकासित हुने दैनिकीमा प्रधान सम्पादकको रूपमा कार्यरत हुनुहुन्छ ।

“पल्पसा क्याफे” मा उहाँले उठाउनुभएको विषयवस्तुले एकातिर युद्ध पिडित पक्षलाई सहानुभुति प्रकट गरेको छ भने अर्कोतिर युद्धपक्षधरप्रति आक्रोस व्यक्त गरेको छ । सन 2005 मा मदन परुस्कार जस्तो गरिमामय पुरस्कारबाट पुरस्कृत यस उपन्यासले पाठकहरुबीच एउटा भिन्न र एतिहासिक स्थान कायम गरेको छ । खास गरेर माओवादीको दसवर्षे जनयुद्धको परिवेलाई समेटेर यस उपन्यासको विषयवस्तु अझ रोचक र सुचनामुलक पनि साबित भएको छ ।

“म” पात्रको अन्तरमनबाट निरन्तररुपमा उजागर भएका भावना र असन्तुष्टिका वाणीहरूबाट उपन्यासको प्रारम्भ हुन्छ । आफ्नो मिहिनेत र कलाले चार्हैतिरबाट प्रशँसा पाइरहेको बेला संचार जगतमा स्थापित हुने प्रवल सम्भावना भएकोले “म” पात्रको निधारमा आशाका किरण अटल रहेको महसुस गर्नसकिन्छ ।

जीवनका उकाली ओराली चढ्दै जाँदा थुप्रै संजोगहरु आइपर्छन् । पल्पसा भन्ने एउटी तरुणी केटीसंग म पात्रको भेट हुन्छ । यिनीहरुको सम्बन्ध सानो गफबाट शुरु हुन्छ तर पछि यस्तो गहिरो र पवित्र सम्बन्ध स्थापित हुन्छ जो यौन र विलासिता जस्ता तुक्ष् तत्वभन्दा धेरै माथि हुन्छ । यी दुर्इ पात्र बीचका संवाद एकदम मनछुने खालका हुन्छन् र ती संवादबाट वर्तमान, भुतमा दबेका कहानीहरूको उद्गम हुन्छ । जीवनका प पृष्टभूमिहरू साटासाट हुन्छन् । युद्धका चपेटामा परेका निर्दोषा पात्रहरूको कहानी उक्सन्छन् । यूवा वर्गको जोश र जागर, कला र प्रतिभाको, सिर्जना र मिहिनेतको सदुपयोग गर्ने वातावरण नभएको गुनासो पोख्नुका साथसाथै युवाको पलायनको समस्यालाई टड्कारोरुपमा प्रस्तुत गर्ने प्रयत्न गरिएको छ ।

देशमा सँविधान छ, मौलिक हक छ तर जीवन प्रतिफल असुरक्षित छ । यस्तो भयप्रद वातावरणमा प्रमुखपात्र यो देशको कला-सँस्कृतिको उन्नति गर्न, पश्चिमी पहाडको एउटा रमणीय पाखामा इन्टर्नेट लगायतका अन्य अत्याधुनिक सुविधायुक्त एउटा ग्यालेरी बनाउने निर्णय गर्दछ । त्यस कल्पित ग्यालरीले युक्त रिजोर्टको नाम राख्तछ- पल्पसा क्याफे तर लेखकलाई लाग्छ- उसको साथी यतिबेला त्यस्तो खाका कोर्दैछ जसलाई फीक्का पार्न देशले बन्दुक भिरेको छ । र ऊ बन्दुकविरुद्ध उभिन आँटिरहेको छ । यसरी देश र कालको पृष्टभूमि प्रष्ट हुन्छ, र जीवन दर्शनको, देशबारेका चिन्ताको, सङ्घर्षको कथाहरू लेखिन्छन् ।

पात्रको दृष्टिकोणले हेर्दा लेखक(दृश्य), उसको साथी सीद्धार्थ (मावोवादी कार्यकर्ता), पल्पसा (एक युवती), पल्पसाकी हजुरआमा, छिरिङ्ग (फोटोग्राफर), शङ्कर (सङ्गीतकार), क्रिस्टिना (डच पत्रकार), जेमिना (पल्पसाकी साथी), जस्ता सहर केन्द्रित पात्र छन् भने सानु, मितबा, जस्ता गाउँका व्यक्तिपात्र छन् । यस उपन्यासमा सबै पात्र वौद्धिकरुपमा स्थापित रहेका छन् । उपन्यासमा ती सबैको आ(आफ्नो व्यग्लै सन्देश, विचार र भूमिका बोकेका हुन्छन् । उदाहरणबाट प्रष्ट पार्नुपर्दा पल्पसाले एउटा हिम्मत र पराक्रमकी देवीको रुप लिएकी छिन् जो अमेरीका छोडेर नेपालमा वृत्तचित्रको क्षेत्रमा आफ्नो सिर्जनाले स्थापित कलाकार हुन चाहन्छिन् । त्यस्तै गरी छिरिङको फोटोग्राफी कला उत्क ृष्ट भने किशोरको गायन कलामा रुचीले सबैलार्इ प्रेरित गरेका पाइन्छ । सबै जीवनपृष्टिभूमीलाई कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ । यस्ता अनेकौ विषेशता बोकेको उपन्यास “पल्पसा क्याफे” दोहोर्यार्इ-तेहेर्यार्इ पढ्नु पाठकको अभिरुचिभन्दा पनि कमजोरी साबित भएको छ भन्न गाह्रो नपर्ला । भिन्न-भिन्नै पात्र र तिनीहरुबीचका संवादबाट उपन्यासकार नारायण वाग्लेले नेपाली संस्कृति, मान्यताको चर्चा पनि फरक शैलीमा समालोचना गरेका छन् । पाश्चात्य संस्कृतिको नाङ्गो हस्तक्षेपको विरोध भन्दा पनि व्यङ्ग्यको तीक्ष्ण वाण हान्दै यूवा पलायनलाई गम्भिररुपमा आत्मसात गरी स्वदेशमै रोजगारी होस् भन्दै सम्बन्धित निकायलाई अपिल पनि गरेका छन वाग्लेले यस उपन्यासमा । साथै उपन्यासले विदेश पढेर र त्याहाँ नयाँ कुरा सिकेर आफ्नो मातृभूमिको चौतर्फी विकासमा टेवा पुर्याउने पात्रहरूको मुक्तकण्ठले प्रशंसा पनी गरेको भान हुन्छ । जनयुद्धकोवेला बम-बारुद पट्केको आवाज, श्रीमान गुमाउदा एउटी नारीको वेदनाको चिच्याहट, टुहुराको विरह कहानीको स्वर यस उपन्यास पढ्दा कानमा गुञ्जिने गर्दछ । आफ्ना नातेदार र शुभचिन्तकहरुको वियोगको परिकल्पना गर्न सकिन्छ यस उपन्यासका घटनालाई सुक्ष्मरुपले अध्यन गर्दा, एउटा बच्चादेखि वुढासम्मका वर्गलाई मनोवैज्ञानिकरुपमा कस्तो नकारात्मक छाप पार्छ भन्ने पक्षलाई पनि यस उपन्यासले प्रष्टरुपमा समेटेको छ । साथै धेरै जस्तो ठाउँमा साधारण भाषा र बीचबीचमा अङग्रजी शब्दको प्रयोगले यस उपन्यासले नेपाली वाङमयको ढुकुटीमा नवीनता प्रदान गरेकोले होला, अन्य समालोरकहरू पल्पसा क्याफेलाई उत्तर-आधुनिक उपन्यासको नाउले पुकार्ने गर्छन ।

नेपालको इतिहासमा सधै ज्वलन्तरुपमा रहने जनयुद्धको प्रभावलाई यस उपन्यासले युगौयुगसम्म अजम्बरी प्रधान गर्नेेछ भन्ने मलार्इ लागेको छ । अन्त्यमा सुन्दर शान्त विशाल नेपाललाई शान्ति र विकासको स्वर्ग भुमि बनाउन सबैलाई विनम्र अपिल गरिएको यस उपन्यास पढेपछि मैले अनुभव गरें ।

हिटलर र यहुदी पढेपिछ

बहुआयामिक व्यत्तित्वका धनी विश्वेश्वरप्रसाद कोइरालाको नेपाली साहित्यिक फुटमा विशिष्ट स्थान छ भन्दा अत्युत्ति नहोला। उनको दोषी चस्मा सिपाहिू र सुम्निमा जस्ता उत्कृष्ट कृति मैले पहिले नै पढिसकेको थिए र उनको लेखनशैली भाषिकशैलीको प्रयोग एवं रचनाशिल्प उनका समकालीनहरुको तुलनामा देखिएको पृथकताले मलाई साहित्यकार कोइरालाको अरु पनि साहित्यिक रचनाहरु पढ्न धेरै समयदेखि घच्घच्याइरहेको थियो। ूहिटलर र यहुदीू उपन्यास पनि त्यसमध्ये एक थियो।मैले हिटलर र यहुदीको विषय गहन र गम्भीर पाए तर भाषा भने उत्तिकै सरल र सहज थियो‡ शीतल सास फेरेको जस्तै सिधै मन र मष्तिष्कमा गएर बस्ने। परम्परागत शैलीबाट मोडिएर लेखिएको यस उत्कृष्ट उपन्यासका अधिकंाश भागमा हिटलरको निरकंुशता र यह’दीहरुको पीडालाई बडो सजीवताप”र्वक वर्णन गरिएको छ‡ पाठकको हृदय स्पर्श गरेर त्यसमा अमिट छाप छोड्ने गरि। त्यसैले यस उपन्यासको नाम ूहिटलर र यहुदीू राख्नु पनि सार्थक र स्वभाविकै देखिन्छ।आत्मपरक शैलीमा रचित यस उपन्यासको मुख्य पात्र‡ म आफ्नो रोगको उपचार गराउन एक सम’दि्रजहाजमा बम्बै हदै लण्डन प’ग्छन्। यसै यात्राका क्रममा भेटिएका यात्रीहरु उनीहरुसँग भएका परिचय र क’राकानी यात्रामा पानीजहाजदेखि हवाईजहाज भएर इजरायलसम्म पुगेर देखेका विभिन्न ठाउँहरु र त्यस अवधिमा बितेका भोगेका र बुचेका क्षणहरु र पाएका अन’भ”तिहरुलाई सहर्षरुपमा दार्शनिक र कलात्मक अभिव्यक्तिमा ढालेर तयार पारिएको उपन्यास हो - ूहिटलर र यहुदीू। ुमु पात्र आफूलाई प्राणभन्दा पनि माया गर्ने श्रीमतिलाई छोडेर उनैको बन्दोबस्तमा लगभग १७ दिनको यात्रा तय गरेर लण्डनसम्म आइपुग्छन्। सन्तोषजनक रुपमा आफ्नो रोगको उपचार भइसकेपछि उनि त_िम्सन्छन् ‡ नेपालमा आफ्नी श्रीमतिकहा फर्किन तर त्यो भन्दा पहिले यहुदीहरुको भूमि इजरायलमा पाइला टेक्न चाहन्छन् उनि। बम्बैमा भेटेका अन्तराष्ट्रिय यहुदी संघका प्रतिनिधि डेविडलाई भेटेपछि औषधोपचार गराउनु बाहेक उनले यात्रामा अर्को लक्ष्य पनि पाउ†छ - यहुदीहरुका बारेमा अझ धेरै जानकारी पाउनु र इजरायल जानु। यसैक्रममा उनको थुप्रै यहुदी जातिका मानिसहरुसंँंंग भेट हुन्छ। डेविड नारायण रेवा गोल्डवर्ग र उनका छोरा बुढि आमै थियोडोरा इल्जे वृद्ध सिपाहि दुई बंगाली साथीहरु र फ्रान्समा भेटिएका बुद्धिजीविहरु यी सबै बौद्धिक पात्रहरु ुमु पात्रले आफ्नो यात्राका क्रममा बम्बै इटली लण्डन पेरिस स्टकहोम बर्लिन र ह्यानोभरमा भेटिएका व्यत्तिहरु हुन्। यिनीहरुबाट उनले हिटलर यहुदी दोस्रो विश्वयुद्ध र त्यसले छाडेर गएका विभत्स अवशेष मान्छेले बोकेर हिँडेको त्यो नरसंहारको गहिरो घाउ र आसुँका बारेमा अझ धेरै जान्ने मौका पाउँछन्। यसरी इजरायल आइपुग्दा सम्म भएका र देखेका घटनाहरु यस उपन्यासमा समाविष्ट गरिएका छन्। यस उपन्यासको परिवेशले अन्तराष्ट्रिय समस्या देखाउन खोजेको छ- त्यो पनि मानविय ढुचा र संसारीक भोगबाट माथि उठेर। विभिन्न किसिमका विचार मूल्य-मान्यता दर्शन संसारीक चेतना र जीवनशैली बोकेका मानिसहरुको जमघट गराएर उपन्यासकार विश्वेश्वरप्रसाद कोइरालाले हिटलरले गरेको जातिय दमन र त्यसको चपेटामा परेर ज्यान गुमाउनु पुगेका लाखौँ निर्दोष यहुदीहरुको तीतो सत्यको यथार्थलाई पर्दापण गरेका छन्। विश्वेश्वरप्रसाद कोइराला परम्परावादी थिएनन् बरु भौतिकतावादी थिए र ूहिटलर र यहुदीू उपन्यासको वैचारिक धारा भनेको पनि अस्तित्ववादी चिन्तननै हो यसको अर्थ आत्मा धर्म ईश्वर र जातप्रति अविश्वास हो। त्यसैले अस्तित्ववादी विचारको स्वच्छ पृष्ठभूमिमा यस उपन्यासले युद्धविरोधि भावना विसङ्गति निस्सारता कर्मवादीतासहित नियति सश्लिष्ट मानवतावादको रंग छताछुल्ल पार्ने काम गरेका छन्। धर्मनिरपेक्षता मानवतावाद र व्यक्तिगत स्वतन्त्रता प्रतिको चिन्तन यसमा छर्लङगै देख्न पाइन्छ। गीता दर्शनप्रति असन्तुष्ति र असहमति जनाउँदै लेखिएको यस उपन्यासमा हिटलरको दानवता र बर्बरता गीतावादी व्याख्यानसँग मिल्दो छ भनि देखाइएको छ। निर्दोषहरुको अकालमा मृत्यु हुनु भाग्य वा नियति नै हो र यसमा हिटलर आफैँले केही गल्ती गरेका छैनन् भनेर गीतावादीहरु भन्छन्। त्यसैले हिटलर र कृष्णलाई एकै ठाउँमा लगी उभ्याइएको छ - कारण दुवै गीतावादी थिए र गीतादर्शनको अनुशरण गर्थे। उनिहरु जे हुन्छ त्यो भाग्यले गर्दा नै हुन्छ त्यसैले त्यसलाई केही गरि पनि रोक्न सकिन्न भनि नियतिलाई दोष दिन्थे जसलाई नियतिवाद कर्मवाद वा भाग्यवाद पनि भनिन्छ।पति-पत्नीप्रतिको प्रेम प्रेमको परीभाषा युद्धको बेला आइमाईले भोग्नु परेका अत्याचार र बलत्कार बारुद र गोलीले भष्म भएका युरोपका घरहरु भग्नावशेष मात्र बाँकिरहेका प्राचीन इमारतहरु युद्ध भोगेका मानिहरुको निराश जीवन र मनमा अझै छिपेको क्रास खोक्रो पाण्डित्य र खतरनाक अल्पज्ञान बोकेर हिँड्ने मानिसहरुको समावेशीकरणले उपन्यासमा प्राण भर्ने काम गरेका छन्। म्ानिसले आफ्नो हैसियत र कर्तव्य नर्बिसि हितकारी काम गर्न र असल बन्न सके मानवसमाजमा शान्ति नै शान्ति र समुन्नत कायम गर्न सकिन्छ भन्ने मूल सन्देश बोकेको यस उपन्यासमा हिटलरका निर्दयि करतुतहरु उसले निर्माण गरेका निर्मम बन्दी क्याम्पहरु र त्यहुका उजाड-उजाड ग्याँस-च्याम्बरहरुको दर्दनाक र हृदयविदारक चित्रणले मेरो आङ नै सिरीङ्ग भएर आएको थियो। साँच्चै नै उपन्यासकार कोइरालाले भनेजस्तै ती बन्दि क्याम्पहरुमा भएका विभत्स घटना्हरुका बारेमा कल्पना मात्र गर्दा पनि एकछिनका लागी आफूपनि त्यहि थुनिएको बन्दि जस्तै अनुभव गर्न पुगे र अनायसै ूआमाू भनेर चित्कार गर्न मनलाग्यो- मृत्युदेखिको डर र क्रासमा। थुप्रै बालबालिका अधवैसे र बूढाबूढीहरु लाखौँको संख्यामा आलु पोलिए जस्तै पोलिए छन्- हिटलरको निरकंुशतामा जलेर। त्यो इतिहासको एक दुर्भाग्यपूर्ण कालखण्ड थियो जुन यसै मानवसमाजमा घटेको थियो भनेर विश्वास गर्न मलाई अत्यन्त गाह्रो भयो। के त्यस्ता हिटलर साँच्चै जन्मेका नै थिए त के त्यत्रो लाखौँ मानिसहरु छिनभरमै निस्सासिएर प्राणहीन र जलेर भष्म भई खरानी भएका होलान् र-आफैलाई प्रश्न गर्न थाल्छु। के यि घट्ना साँच्च घटेका थिए र- हो सत्य यहि हो। म्ानिस कतिसम्म पाखण्डी थियो भने उ आफूजस्तै मानवलाई ईश्वरको नाममा र धर्मको नाममा जमीनमुनि ज्युदैँ गाडेर त्यसैमा ईश्वरको मर्जी थान्थ्यो। उफ् ! ुहिटलर र यहुदीुसाँच्चै एक करुणामय विवरण र मुटु च्वास्स घोच्ने अध्यारो र विवश गाथाले भरिएको एउटा कालो जुगको यथार्थ र मार्मिक कथा हो। यस उत्कृष्ट उपन्यासले भविष्यमा पनि नेपाली उपन्यासको फुटमा विशिष्ट श्रेणी ओगटेर रहने पक्का छ।

यस्तो उपन्यास र उपन्यासकारलाई सत्यप्रयक र मानवतावादी नभनेर अरु कसलाई भन्ने
link::http://sumatee.blogspot.com/