My Blog List

Monday, January 4, 2010

त्यो चमत्कारिक झोला र नेपालको कायापलट


पुरै दस वर्ष बिति सकेछ युरोपमा आएर जरा गाडिसकेको पनि । मलाई अझै सम्झना छ त्यों गाढ़ा हरियो रंगमा टिलिक्क टल्किने 'इमिनेन्ट'लेखिएको हाते झोला र अप्राकृतिक रूपले चाऊरिएको झैं लाग्ने अनुहार लिएर यहाँ आएको । म भने यसबीच मोटोघाटो र रातो पिरो देखिएकोछु, चाउरी पुरिएर गयो तर पनि त्यों झोला र त्यसको लामो लाम्चो, दुवै पट्टी चेन वाला खल्ति भएको र त्यसलाई छिर्के मिर्के परेको छोप्ने भएको त्यसको आकार विर्सेको कदापि छैन । ईन्द्र चोकको मारवाड़ी साहू काँ किनेको थिएँ , सुरुसुरुमा खासै राम्रो नलाग्ने मामूली झोला थियो त्यों तर पनि समय संगै जीवनको उकाली र ओराली अनि डाँडा र काँडाहरुमा लैजाँदा लैजाँदै मेरो हमसफ़र बनी सकेको थियो । देश देशावरको चक्करमा कति पल्ट त त्यसले सिरानीको काम गरेको थियो भने कहिले पिरा वा चकटी त कहिले अढ़ेसोको जिम्मेवारी वहन गरिसकेको थियो ।/हिसावै गर्ने हो भने चार सयमा किनेको त्यो झोलाबाट कतिहो कति फाइदा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा लिई सकेको थिएँ । कहिले काहीं मन मनै लाग्थ्यो कि यदि यस झोला उत्पादक कम्पनिले यो तरीका थाहा पायो भने पक्कै पनि त्यस झोलाको विज्ञापन अर्कै किसिमले व्यापक रुपमा गर्थ्यो होला जस्तै कि "वहूपयोगी झोला " या 'मल्टी परपोज ब्याग' अनि साविक भन्दा दोब्बर भाऊमा बेच्थ्यो होला र मालामाल हुन्थ्योहोला । मेरो त्यों त्यस्तो वहुपयोगी झोलाले नेपालमा हुँदा धेरै साथ दिएको थियो त्यसैले पहिलो पटक त्यसलाई पनि विदेश लाने निर्णय गरियो , जस अनुसार त्यों हंगकंग र शेनजेन सम्म पुगेर चिनिया भूमि स्पर्श गरेको थियो । यदि ताइवान जाने काम कुरो मिलेको भए त्यों त्यहाँ पनि अवश्य पुग्ने थियो । झोला लाई पासपोर्ट र भिसा नचाहिने भएपनि त्यों म संगसंगै फर्कनु परयो । त्यसको जीवनको दोस्रो विदेश यात्रा भने मित्र रास्ट्र भारतको परेको थियो , रक्सौल हुँदै ठगिँदै ठगिँदै लामो र कष्ट पूर्ण दिल्ली बस यात्रामा कैयौ पटक कोच्चिनु परेको र भारतीय पुलिसको संकालु हेराइ सहँदै खोतलिएर अपमानित हुनु परेको थियो विचराले। निकै राम्रो लागेछ क्यारे कुन्नि ,एक पटक त झन्नै अपहरणमा परेको भाई साबको हात बाट । थाईल्यांडको हारा जींसको पनि नक्कल गरि सिलाइएका जींस मै मक्ख पर्ने भारतीय समाज थियो त्यों/बेलाको , त्यसैले होला काठमांडूबाट छानेर ल्याएको त्यों झोलामा आँखा नलगाउने , नलोभिने त कमै थिए र भाई साबहरु त्यों झोला, मैले लगाएको ज्याकेट अनि जुत्ता समेत किन्छु भन्दै पछीपरेर हत्ते गर्थे ।झोलाहरू हज्जारौ थरिपरिका होलान, मैले पनि जिवनमा १५, २० थरिका झोलाहरू किनी सकेको छु तर सदा सदैवको लागि अब त्यही झोला मात्र प्यारो र पूजनीय लागिरहेछ । जीवनका उकाली ओरालीका मनग्य सम्झनाहरु त्यस झोला सित गाँसिएका छन , अल्झीएका छन । अझ मेरो मात्र नभएर हितैषी , आफन्त, इष्ट मित्रहरु समेतको सम्झनामा बसेको छ त्यों हरियो झोला । तेस्रो पटकको विदेश शयरमा त्यों झोला बेल्जियमसम्म आईपुगेको थियो र केही महिना पछि कोशेली समेत बोकर त्यों फिर्ता भयो , लाग्थ्यो त्यों फेरी अरु कसैको प्रतीक्षामा छ , कसैलाई विदेश पुर्याउन पर्खि रहेछ , न भन्दै अमेरिका जाने एक आफंतले त्यहि झोला लिएर गयो तर फिर्ता पठाउने शर्तमा र शर्त अनुसार लगतै फिर्ता पनि भयो । करीब पाँच छ पटकको विदेशको चक्कर लगाईं सके पछि त्यों झोला ले आफ्नो विशेष पहिचान बनाई सकेको थियो, कतिसम्म भने त्यों झोला लिएर जो विदेश/जान्छ त्यसको विदेश यात्रा फलिफाप पूर्ण हुन्छ भन्ने सोच समेत बनी सकेको थियो र झोला माँग्न आउनेहरु थपिँदै गए , लिएर जानेहरू पनि विदेशमा जरा गाडेर बस्न थालिसकेका थिए । अब हामी सवैको सोचाइमा त्यों मामूली झोला नभई एक लक्षिणको , विशेष शक्ति युक्त झोला बनिसकेको थियो , यसो गन्दा बेल्जियम मात्र चार पटक ओहोरदोहोर गरिसकेछ अनी अमेरिका र यु।के। तिन तिन पटक र अरु एक एक पटक पुगेको देश त कति हो कति । त्यसको पनि पासपोर्ट हुने भैदिएको भए कम्तिमा तिन वटा पासपोर्ट बिभिन्न देशका भिसाहरु ले भरिसकेको हुनेथियो , तैपनि बेलाबेलामा बिभिन्न विमानसेवाहरुका रंगीचंगी बिल्लाहरू भने झुन्ड्याएर फर्किन्थ्यो । धेरैको फलिफाप गरेर त्यों अधवैसे झोला अब दराज भित्र थन्किएको छ र अलिक पुरानै भएपनि इज्जतका साथ बसेको छ । यसो विचार पुरयाउने हो भने त्यति धेरै नेपालीहरुलाई विदेश पुरयाएइ, भाग्य चम्काई दिइ नेपाललाई करोडौंको रेमिट्यान्स भित्र्याइ आर्थिक विकाशमा टेवा पुरयाउने त्यों झोलालाई त्यतिकै दराजमा थान्क्याएर राख्नु उचित हुदैन, हुनत म चाहन्छु यो झोला म संगै रहिरहोस तर एक सच्चा नागरिकको हैशियतले त्यस्तो स्वार्थी सोचाई पाल्नु देश विरुद्द घात गर्नु जस्तै ठानेँ , त्यसैले धेरै सोच समझ पछि के निर्क्यौल निकालेँ भने देश विकासको खातिर एक विशेष कार्यक्रम राखेर त्यों झोला नेपाल सरकारलाई हस्तांतरण गरिदिने! तर त्यसको निमित्त देश र जनताको लागी प्रतिवद्द सरकारले मेरो केही शर्तहरु मान्नु पर्नेछ र ती यस्ता हुनेछन : १.अब उप्रान्त कसैले पनि त्यस झोलाको निजी प्रयोग गर्न पाउने छैन ! २.सकेसम्म त्यस झोलालाई २४ घंटे सुरक्षाका साथ परराष्ट्र मन्त्रालयको राह्दानी विभागमा वा त्रिभुवन अन्तर्राष्ट्रीय विमानस्थलको प्रस्थान कक्षमा राख्नु पर्नेछ !३.कोटी कोटी देउ देउता भएको नेपालमा अर्को 'झोले देउता' भनेर सरकारी तवरमै घोषणा गर्ने !४. विदेश जाने हरेक नेपाली हरुलाई त्यों झोले देउता छुन दिने , पूजा गर्न दिने र उनिहरुको झोला त्यो झोले देउता संग छुवाउन अनिवार्य गर्नु पर्नेछ !५.नेपालका नामूद ज्योतिष, लामा , पंडित वा गुरु , माताहरुबाट त्यों विलक्षण , चमत्कारिक झोलाको कसरी चिरकालीन सदुपयोग गर्न सकिन्छ भन्ने उपाय पत्ता लगाउनु पर्नेछ !६.सकेसम्म सवै नेपालीहरुलाई विदेश जान प्रोत्साहित गर्ने र उचित वातावरण मिलाउनु पर्नेछ !त्यसपछि हामीहरुले विदेशी भूमिमा जसरी जरा गाडेर वस्न सकेका छौं त्यसै गरि पछि आउने नेपालीहरुले पनि विदेशमा जरा गाडन सक्नेछन , देशमा रेमिट्यान्सको भरमार ओइरो लाग्नेछ , जसको प्रत्यक्ष र अप्रत्यक्ष हजारौ लाभ देश र जनताले पाउने छन । बेरोजगारी , भोकमरी , बंद हड़ताल , नारा जुलुस र अपराधहरु स्वत हराएर जानेछन , गृह मन्त्रालयको बजेट ह्वात्तै कम हुनेछ , देश विकाश गर्छु भनेर युगौं को सपना पाल्ने त्यागी नेताहरुलाई पनि अनेकों संघर्ष र जेलनेल खाने र भूमिगत हुने अवस्था आउने छैन , व्यक्तिगत स्वार्थ कै लागि पार्टीको पुच्छर बन्नेहरु सबै बिलाएर जानेछन ।भीर पाखा र वन बुटयान खनी खोस्री गर्ने क्रम रोकिनेछ र विस्तारै सवै भिरपाखा वन जंगल हराभरा हुनेछ,त्यसको अर्को सकारात्मक प्रभाव सिधै पर्यटन विकाशमा पर्नेछ त्यस्तै खाले अनगिन्ति प्रभावहरुको एकमुष्ठ शक्तिले अहिले सम्म/रोकीएर रहेका विकाशका चौतर्फी ढोकाहरु एकाएक खुल्नेछन, भकाभक बाटाघाटा, पुल पुलेसा र अस्पतालहरु बन्नेछन अनि दश पन्ध्र वर्ष भित्रमा नेपाल र नेपालीको कायापलट सोचे भन्दा र भाषण गरे भन्दा सजिलै हुनेछ । देश शांत र हरा भरा , जनता ख़ुशी र राता पीरा । ७. र अन्तमा सरकारले त्यसपछि जलस्रोत, पर्यटन र औधोगिक विकाश र राजनैतिक स्थायित्वले मात्र देश विकाश हुन सक्छ भन्ने पुरानो सुगा रटाई निति त्याग्नु पर्नेछ र 'विदेश जाऔं, आफु बनौ अनी देशलाई बनाऔं' भन्ने नयाँ राष्ट्रीय नाराको सर्वत्र व्यापक प्रचारप्रशार गर्नुपर्नेछ । अन्तमा, पुन: भन्छु "विदेश जाऔं, आफु बनौ अनि देशलाई बनाऔं !"

link: http://samakalinsahitya.com/

भोलादाइको दशैँ


भोलादाइ (भोलानाथ गौतम) आफ्ना जहान परिवारसँग यसपालिको दशैँ भव्यरुपले मनाउने मनसायले न्वाकोटबाट बसको हुटमा हल्र्याङहल्र्याङ गाडीस‘गस‘गै हल्लि‘दैहल्लि‘दै लखतरान भएर बालाजुमा ओर्लिए र गह्रौ‘ झोला काँधमा झुण्ड्याएर सोझै नयॉ बसपारकतिर अघि बढे । आवस्यक किनमेल उनले तिर्सुलीमै सिध्याएकोले एक पाउको एक पोको गु‘दपाक चै‘ बसपारकमै लिउ‘ला भन्ने उनको सुर थियो । उनको सुरलाई एउटा बेसुरस‘ग कराउने मने (मनबहादुर खँड्का) भन्ने केटाले भताभुङ्ग पार्दै सोध्यो–‘ओ दाइ कॉ जाने ?’ बसपारकका गाडीका दलालहरूस‘ग भोलादाइ उहिल्यैदेखि सचेत थिए । त्यसैले उनले आफूलाई लोकल मान्छे देखाउने प्रयाश गर्दै भने– ‘काई‘ न काई‘ ।’ ‘के को काई‘ न कॉई नि । तीनमनको भारी बोकेर काईँ न काईँ भन्दा कसले पत्याउ‘छ ? आउनुस् दाइ, ठाडो फोल्डिङ्सिट भएको इस्पेसल गाडीमा सिट खालि छ । आउनुस्, आउनुस् कॉ जाने ?’ भन्दै मनेले भोलादाइको झोला तान्न थाल्यो । भोलादाइले मनेलाई घ‘चेट्तै आफ्नो झोला फुत्काए । उनी अलि रिसाए– ‘म जुन गाडीमा मन लाग्छ, त्यही गाडीमा जान्छु, तिम्रा करले हुन्छ ? बसपारकका सबै दलाललाई मैले राम्ररी चिन्याछु ।’ ‘ओ दाइ ! कल्लाई दलाल भनेको ? झन् आफ्नो गाउ‘को दाइ भनेर हेल्प गर्न खोजेको त उल्टै दलाल पो भन्छ यार !’ भन्दै मने पनि रिसाएझै‘ गरी जाल बुन्न थाल्यो । आफ्नो गाउ‘को दाइ भनेको सुनेपछि त्यो केटो कताकता हँडियाखोलाको ह्याम्से (हेमसागर कुईँकेल) पो होकि जस्तो लागेर भोलादाइले त्यसको अनुहारमा राम्ररी हेरे । के को हुन्थ्यो ह्याम्से ! अर्कै कुनै हरिलट्ठक मोरो रैछ । उनलाई डरडर पनि लाग्यो– दलाल भनिहालियो, गोद्ने पो हो कि बजियाले ! तर उनको डरलाई पर पुग्ने गरी मनेले अर्को ढुङ्गा फ्यॉक्यो अ‘ध्यारोमा – ‘ओ टङ्क दाइ, किचिकिच नगर्नुस् न ! आफ्नो गाउ‘को भाइलाई पनि के नचिनेको जस्तो गरेको ?’ बिचरा सोझा भोलादाइ छक्क परे र वरपर हेर्न थाले । त्यहॉ नजिक अर्को मान्छे त छैन ।‘तिमीले कसलाई टङ्क दाइ भनेको ?’ उनले सोधे । ‘ल दाइको नाम टङ्क होइन त ? टङ्क सुभेडी । मेरा ऑखा त तगडै छन् त ।’ मनेले आँखा मिच्तै भन्यो ।‘तिम्रा ऑखा त तगडै रैछन्, तर तिम्रो टाउकाको पेच चाहि‘ अलि खुकुलो भएछ । कत्ति इन्जिनको पेच मात्रै कस्छौ, आफ्नो टाउकाको पेच पनि कहिलेकाहि‘ कस्ने गर न भाइ !’ भोलादाइ पनि किन कम हुन्थे, सोझा भए पनि झापाली हावापानीमा हुर्केका । गफ गर्न सिपालु निस्किए ।‘म पनि कस्तो हुस्सु भए‘छु, दाइका काका कि ठूला बाका छोराको नाम पो हो क्यारे, टङ्क त । अनुहार ठ्याक्कै उस्तै रैछ ।’ मने छाड्नेवाला थिएन । ‘ए भाइ तिमी आफ्नो बाटो लाग्छौ कि ठीक पारौ‘ ? तिमीले मलाई के ठानेको छ ह‘ ? मलाई अरुअरु गाउ‘ले जस्तो सोझो ठानेर झुक्याउन खोज्या होला, म त टिचर हु‘ बुझ्यौ ? टिचर ! टङ्के सङ्के मलाई थाहा छैन । तिमी खुरुक्क आफ्नो बाटो लाग ।’ भोलादाइले चर्को प्रतिवाद गरे ।‘होइन टङ्क भनेको चाहि‘ को हो त सर ? त्यो सरको कोई न कोई त पर्छपर्छ । सरले ढॉट्तैमा म पत्याउ‘छु र सर ?’ मने चण्डाल भोलादाइलाई सरका सर लगाउन थाल्यो ।‘त्यो गधाको कुरा नगर । त्यो मेरो छिमेकी हो । के छिमेकी हुनु शत्रु हो शत्रु ।’ भोलादाइले उनको मिचाहा छिमेकी टङ्क सुबेदीलाई सम्झेर दाह्रा किटे । ‘ए......त्यै त भन्या ।’ मनेले लामो लेघ्रो तान्यो र उत्साहित हुँदै भन्यो– ‘म त तेस गधालाई सरकै दाजुभाइ रैछ भनिराख्या । अनुहार ठ्याक्कै मिल्छ ।’‘अ‘, त्यस दुष्टस‘ग मेरो अनुहार मिल्छ ! रगतको नाता हुनेहरूको त अनुहार मिल्दैन । छिमेकीस‘ग अनुहार मिल्छ ?’ भोला सरले अलिअलि आक्रोश र अलिकति आत्मविश्वासका साथ भने । ‘मिल्छ नि सर ! मिस्प्लेस भयो भने अनुहार मिल्न पनि सक्छ, छिमेकमा बसेपछि ।’ बज्जे मने त मनपरि पो बोल्न थाल्यो । भोला सरले एकछिन त कुरै बुझेनन्, सारै सोझा क्या ! गौप्राणी ! तर एकछिनमा कुरा बुझेछन्, एक्कासी झो‘क्किए– ‘के भनिस् ? तैले मेरा सोझा बालाई त्यस्तो कुकर्मी ठानिस् ?’ उनले मनेलाई झपारे । ‘होइन, होइन, सरको बुबालाई मैले नचिनेको हो र ! त्यस्तो भलाद्मी र ज्ञानी मान्छेलाई । मैले त त्यै गधा टङ्केकी आमालाई पो भनेको त ।’ मनेको घुमाउरो भाखा भोलादाइले बुझेनन् क्यारे, लामो लेघ्रो तानेर भने ‘ए...............।’मनेले भोलादाइलाई आफ्नो गाडीमा लैजान निकै बल ग¥यो तर भोलादाइले काउन्टरबाटै टिकट काट्ने अड्डी लिएपछि ‘दाइ पनि क्या रड्डी गर्नुहुन्छ’ भन्दै उसले भोलादाइलाई काउन्टरमा लगेर सबै बसका बुकिङ प्याडहरू निकालेर देखायो । सबै प्याडमा पछाडि–पछाडिका सीट नम्बरमा बेस्कन कोरेको र अगाडिका सीटमा अलिअलि कोरेको थियो । यो धॉधलीका बारेमा भोलादाइलाई उत्ति ज्ञान थिएन क्यारे, उनी चुप लागे । वाध्य भएर उनी तथाकथित् गाउ‘ले भाइका पछि लागे । मनेले भोलादाइको झोलाको एकापट्टिको उझिण्डोमा समातेर भोलादाइ र झोला दुवैलाई घिसार्दै एउटा बूढो गाडीको ढोकासम्म पु¥यायो । खलासी राजकुमार चौधरी न्वारानदेखिको बल निकालेर यात्रीहरूलाई ढोकाबाट भित्रतिर घ‘चेट्तै थियो । त्यो देखेर भोलादाइ भुइ‘मा थचक्क बसे । ‘सीट भएको तिम्रो बस यै हो ?’ उनले मनेतिर हेर्दै भने । ‘पख्नुस् न सर, यॉ लोकल पेसेन्जर जबरजस्ती पसेर कस्तो भइरा छ । थानकोटदेखि यी सबै आर्लिन्छन् अनि त सुतेर गए पनि हुन्छ ।’ मनेले फकायो । तर भोलादाइ टसको मस भएनन् । उनी झोला बोकेर हि‘ड्न खोजे । मने भोलादाइको झोला तान्दै गाडीभित्रतिर फर्किएर करायो– ‘ए रुद्रे ! पछाडिको एउटा सीट खालि थियो नि, बॉकी छ कि छैन ?’पछाडिबाट रुद्रबहादुर लामाको चिल्लो आवाज सुनियो– ‘छ, छ । तै‘ले भनेको आफ्नो मान्छे पाल्नुभो ?’‘आउनुभो, आउनुभो, म त्यता पठाइदिन्छु, मिलाएर राख् है ?’ मनेले भनेपछि भोलादाइको अनुहारमा पनि चमक आयो । मनेले भोलादाइको झोला बसको हुटमाथि हुत्याइदियो र भोलादाइलाई बसको ढोकामा उभिन लगाएर पछाडि डडाल्नाबाट जोडस‘ग घ‘चेड्न थाल्यो । करङ्हरू भाँचिनभाँचिन खोज्दै भोलादाइ ८–१० जना मान्छे र दशथरि भारीतारीलाई छिचोलेर अलिकति भित्र पुगे । ‘ल दाइ भाडा दिनुस्, भरे झ्याउ हुन्छ ।’ मने टिकट लिएर ठिक्क प¥यो । मनेको कुरा सुनेर भोलादाइ जङ्गिए– ‘पहिला सीटमा बस्न त पाउनुप¥यो नि !’‘सीटमा त बसिसके‘ भन्ठान्नुस् न ! झन् वॉ सीट रोकेर राखिराख्या छ । ल ल झिकिहाल्नुस्, गाडी हि‘ड्ने बेला भयो ।’ मनेले अलि क्रुरता प्रदर्शन गर्दै टिकट काट्न हतार गर्नथाल्यो । ‘कति पैसा ?’ भोलादाइले लाचार भएर सोधे ।‘कॉसम्म पुग्ने ?’ मनेले बल्ल यस्तो प्रश्न ग¥यो । ‘दमक त हो नि, अन्त कॉ जाने ?’ भोलादाइले झर्कि‘दै भने ।‘द...द...दमक ?’ मने आश्चर्यचकित भयो ।‘अ‘ ! कति हो भाडा ?’‘बिस्तारै बोल्नुस् । अरुले सुने भने किचकिच गर्छन् । खोई दुई सय पचास झिक्नुस् ।’ मनेले साउतीको स्वरमा भन्यो ।मनेको उत्तर सुनेर भोलादाई एकछिन जिल्ल परे । भोलादाइलाई विस्वासै भएन, किनभने उनले दमकका लागि दलाली गरेर साढेछसयसम्ममा भाडा मिलाउने मनमनमा अठोट गरेका थिए । तै पनि भोलादाइले आफूलाई सम्हाल्दै आम नेपाली यात्रीधर्म अनुसार भने– ‘अलिक मिलाऊ न भाइ ।’‘ल त ल, दुईसय रुप्याँ ल्याउनुस् । छिटो गर्नुस् ।’ मने भोलादाइका कानैमा फुसफुसायो । भोलादाइ पैसा झिक्न थाले । मनेले नाम सोध्यो । भोलादाइले आफ्नो नाम भनेपछि मनेले आफैँलाई सराप्यो – ‘थुक्क मेरो गोबर भरिएको दिमाग, भोलासरको नाम पनि बिर्सिने म कस्तो हुस्सु भए‘छु ।’ पैसा हात पारेर मनेले भोलादाइलाई भित्रतिर घ‘चेड्यो र सबभन्दा पछाडिको सीटमा गएर बस्न भन्यो । भोलादाइ उता फर्किएर चेप्पिन थाले, मने ओर्लिएर गयो । भोलादाइ भित्र पसेर रुद्रेलाई खोज्न थाले । त्यहॉ कुनै रुद्रे नामक जन्तु फेला परेन । कसैले उनको कुरा पनि सुनेन । सबै त्यहॉ आआफ्नै सकसलाई कम गर्ने प्रयाशमा व्यस्त थिए । पछाडि समस्यैसमस्या थिए । कसैका सिट डबल परेका, कसैका सिट फोल्डिङ नहुने, कसैका झ्यालको शिशा नखुल्ने, कसैका खुल्याखुल्यै गर्ने, कुनै झ्यालमा शिशै नभएका इत्यादि इत्यादि । यतिकैमा गाडी स्टार्ट भएर हि‘ड्न खोजेजस्तो गर्न थाल्यो ।भोलादाइ छक्क परेर एकछिन उभिए र कराउन थाले– ‘ए टिकट काट्ने भाइ ! ए टङ्केका साथी ! यॉ पछाडि त एउटा पनि सिट छैन त ।’ ‘किन छैन, त्यत्रा सिट छन् । सिटैसिट त छन् नि । तपाईको कति नम्बर हो ?’ नेपथ्यबाटबाट आवाज आयो ।भोलादाइले टिकटमा हेरे र भने– ‘‘सि’ को एक नम्बर वा ‘एम’ को दुई नम्बर लेखेको छ ।’ ‘ए ऽऽऽ, सि भनेको चमेरेसिट हो, एम भनेको मूढेसिट हो । कि त चमेरो जस्तो माथि झुण्डिएर जाने कि त खालि भएपछि मूढामा बस्ने ।’ नेपथ्यबाट यस्तो उत्तर सुनेपछि भोलादाइका कन्सिरीका रौ‘ ठाडाठाडा भएर आए र रिसले रगत उम्लिएर गाडीभित्रै पोखिएला जस्तो भयो । उनी मान्छेहरूलाई पन्छाउ‘दै अगाडि आए र मनेलाई खोज्न थाले । मने बेपत्ता भइसकेको थियो । अर्को एउटाले आएर पछि सिट खालि भएपछि मिलाइदिउ‘ला, तपाई सोझो मान्छे फटाहाका फेला पर्नुभएछ, भन्दै चेपारे पा¥यो र भन्यो, ‘दसै‘को मुखमा दुईदिन अगाडि आएर सिटमा बसेर जाने सपना देख्ने तपाई पनि मूर्खै हुनुहु‘दोरैछ दाइ’ भन्दै उल्यायो । भोलादाइ एक भन्नु न दुई भन्नु भएर आफ्नै मूर्खतालाई धिकार्दै पछाडि सरे र चमेरे सिटमा झुण्डिए । गाडी हि‘ड्यो । थानकोट कट्यो, नौबिसे पछि प¥यो, गजुरी गयो, मुग्लिन हरायो, भोलादाइ उभिएको उभियै ।गाडी नारायणघाटमा रोकियो । कतै सिट खालि हुन्छ कि भनेर भोलादाइले वरपर ऑखा डुलाए । तर अह‘ कोही चटपटाएन । भोलादाइ निराश भएर पुरानै पोजिशनमा उभिए । भोलादाइ त्यो बेला छक्क परे जब गाडीले फनक्कै घुमेर नारायणीको पुलतिर मुख फर्कायो । उनले सोचे तेल भर्न गा होला । गाडी अलि अगाडि बढ्यो । उनले सम्झे आज मलाई निशा लाग्यो कि क्या हो ? गाडी अझै अगाडि बढेर जब पुलमाथि नै कुद्न थाल्यो तब उनी जोडले चिच्याए– ‘ए..गाडी रोक्, गाडी रोक् !’‘के भयो ? मान्छे छुट्यो कि क्या हो ?’ कसैले अगाडिबाट सोध्यो ।‘यो गाडी किन पश्चिमतिर लागेको ?’ भोलादाइले आत्तिएको स्वरमा सोधे । उनले यो कुरा सोध्दासोध्दै गाडी नारायणी नदी पारि पुगिसकेको थियो । उनी फेरि कराए – ‘गाडी रोक भनेको सुनेनौ ? एइ गुरुजी गाडी रोक ।’ गाडी बल्ल रोकियो । भोलादाइ स्यॉस्यॉ र फ्यॉफ्यॉ गर्दै अगाडि पुगे र कराए– ‘यो गाडी किन यता लागेको ?’‘यसको बाटै यतै हो त कता लाग्नु ?’ कन्टेक्टरले ठाडो जवाफ दियो ।‘कॉकरभिट्टा जाने होइन यो ? मलाई त दमकको टिकट पो कटाएको छ त ।’ भोलादाइले विस्मयकारी स्वरमा भने ।‘लौ कस्ता कस्ता मान्छे पनि गाडीमा चढ्छन् ? यो त दाङ् जाने गाडी हो ।’ एकजना यात्रुले भन्यो ।‘थुक्क असती । त्यो अघि मसित पैसा लिने केटो कॉ छ ? त्यसलाई यॉ ल्याओ ।’ उनी चिच्याए ।‘तपाईको टिकट काट्ने मान्छे त बसपारककै मान्छे हो । यॉ खोजेर त्यसलाई भेटिन्छ त ।’ जवाफ सुनेर भोलादाइ अक्क न बक्क भए । एकजना यात्रीले भोलादाइसित टिकट माग्यो र हे¥यो । टिकटमा भरतपुर नै लेखिएको थियो । त्यो थाहा पाएर कतिले दुईसय रुप्यॉमा दमक पुग्न खोज्दा यस्तै हुन्छ भनेर जिल्याए । कतिले बिचरा सोझोमान्छे फेला परेछ भनेर सहानुभूति दर्शाए । कतिचाहि‘ डल्लो परीपरी हॉस्न थाले । ड्राइभर खलॉसी सबैले ओर्लन भनेपछि उनी मध्यरातमा गाडीबाट ओर्लिए, सडकको पारिपट्टि गए र पूर्व जाने गाडीको प्रतिक्षामा सडक किनारामा टुक्रुक्क बसे । निकैबेर बसेपछि बल्लतल्ल जनकपुर जाने एउटा गाडीले मुढामा बसाएर ढल्केबरसम्म लैजाने भयो । दङ्ग पर्दै बसमा चढ्नु अघि उनले अचानक आफ्नो सम्पूर्ण सामानसहितको झोला दाङ् जाने गाडीको छतमा बसेर पश्चिमतिर लागेको कुरा झल्यॉस्स सम्झे । उनले सम्झे– त्यही झोलामा त थियो नि प्राणप्यारी प्रेमकलालाईलाई किनिदिएको धोती, पुतलीजस्ती प्यारी छोरीलाई किनिदिएको जामा, तीनवर्ष अघि न्वारान गरेकै दिन छाडेर हि‘डेको कलेजाको टुक्रो छोराका लागि किनिदिएको फलाटिनको न्यानो दौरासुराल, रगत पसिना एक गरेर कमाएको तीन महिनाको तलव, नागरिकताको प्रमाणपत्र, नुवाकोटमै बसी बसी प्राइभेट जाँच दिएर पास गरेको आइ.ए.को ओरिजिनल सर्टिफिकेट आदि सर्वस्वै । भोलादाइलाई भाउन्न होला जस्तो भो । उनको मन कटक्क भएर आयो । स्वास्नी छाराछोरीका धमिला तस्वीरहरू आफ्ना वरिपरि नाच्न थाले । आँखा टिलपिलाए । मध्यरातमा फेला परेको लोग्नेमान्छे आँखाभरि आँसु पारेर टोलाएको देखेपछि पूर्व जाने गाडीको खलॉसीले भोलादाइलाई सडकमै छाडेर ‘जाउँजाउँ गुरुजी, पागल पो रैछ’ भन्दै बसको ढोकामा ढ्याँङ्ढ्याँङ् पा¥यो । गाडी झलमल्ल उज्यालो छर्दै पूर्वतिर हुईँकियो । भोलादाइ निष्पट्ट अँध्यारोमा सडकको पारिपट्टि गए र पश्चिम जाने गाडीको प्रतिक्षामा उसैगरी सडककिनारामा टुक्रुक्क बसे ।

link:http://samakalinsahitya.com/

जय डिभी

मैले वर्षैपिच्छे डीभी भरेको थिए। झण्डै पन्ध्र वर्षको अन्तरालमा डीभी पर्‍यो। शुरुमा त भुइँमा न भाँडामा भए साथीभाइसँग भेट हुँदा फूलका गुच्छा र फोनमा शुभकामनाले मेरो दिमाग आकाशमा उडेथ्यो। लाग्थ्यो आमाले शुभ दिनमा जन्माइछन्। म अमेरिका गएँ। गाउँमा हल्लीखल्ली नै भएछ फलानो अमेरिका गएछ। दुई चार दिनसम्म गाउँमा कुराकानी भयो। पछि म अमेरिका नै बसेँ। मैले गाउँ सम्झन नसकेपछि गाउँलेले पनि मलाई बिर्से, वास्तै गरेनन् किनभने म मेरो स्वार्थका लागि मात्र गएको थिएँ, अरूको लागि होइन, मेरो कुरा गरेर साध्य पनि थिएन, मैले गाउँलाई चटक्क बिर्सेर डीभी परेपछि अमेरिका छिरेको थिएँ। अहिले म अमेरिकामा छु।

म कृत्रिम कुरामा रमाएको छु। घर छ, कम्प्यूटर, वासिङ मेसिन छ, ग्यारेजमा पजेरो छ, सारा विलासी वस्तु छन्, कुनै कुरामा कमि छै्रन। मैले स्वर्ग अनुभव गरेँ। दुई/चार वर्ष रमाईलो गरी बिते। तर म अहिले सम्झन्छु म अमेरिका भए पनि म अमेरिकन हुन सकेको छैन। न मेरा निला आँखा छन्, न खैरो कपाल छ, न म कुहिरे नै भएको छु। परिचयको क्रममा नेपालबाट आएको नेपाली नभनी धर नै पाउँदिन। अमेरिका बसेर म किन नेपाली भएको छु म आफैँलाई थाहा छैन। नेपाल टाढा छ, म नेपालमा पनि छैन र पनि अमेरिकन हुन नसक्नु भएको बाँदर, कुकुर, भालु विरालो मान्छे हुन नसक्नु जस्तै त हो। अर्काको घरमा अर्काले दिएको मिठो एका गाँसमा मान्छेको घरमा रमाउने जनावरको के हैसियत हुन्छ र? खान्छ केवल पुच्छर हल्लाउँछ, पशु न हो।
त्यहाँ भएको सबै बस्तु नेपालमा छ तर नेपालमा भएको कुरा त्यहाँ रहेन रैछ। त्यहाँ सगरमाथा छैन, गौतम वुद्ध पनि त्यहाँ जन्मेका होइनन्। प्राकृतिक गुफा, मठ मन्दिर, छाँगा, छहरा झर्ना, लालीगुराँस पनि छैन। अमेरिका रित्तो छ प्राकृतिक रूपले तर कृत्रिम हाँडाचिण्डा धेरै छन् मानवले बनाएका। त्यसको वयान गरी साध्य छैन। मान्छेलाई कृत्रिम वस्तु मन पर्दैन। त्यसैले मान्छे चै अमेरिका जाँदोरहेनछ, जापान स्वीट्जरल्याण्ड, वेलायत, जर्मनीमा मान्छे रहेछन्। उनीहरू अमेरिका जाँदैनन् किनभने मान्छेले त कृत्रिम वस्तु निर्माण गर्न सक्दो रहेछ। भैँसीलाई हरियो चस्मा लगाइदिँदा सुकेको पराल खाए जस्तै भुइँमा न भाँडामा भएर म पनि अमेरिका गएको थिएँ। मान्छे अमेरिका जाँदैन किनभने अमेरिकामा मान्छे छन्। मान्छेले भालु, वानर नचाउँछ, नाँच मान्छे रमाईलो मानेर हेर्छ।
नाच्ने किन नाँच्छ उसलाई नै थाहा छैन, केवल नाच्छ, दिनैपिच्छे नाच्छ, बाँचुन्जेल नाच्छ। उसको जन्म नाँचनुको पर्याय हो। मलाई थाहा लाग्यो मान्छे आफ्नो जन्मस्थान छोडेर जाँदैन। वेलायत, जापान, स्वीटजरल्याण्डमा मान्छे रहेछन्। उनीहरू देश छोड्दैनन्, अर्काको घर राम्रो देख्ने, अर्काको दासत्वमा सुखी हुने त कुकुर विरालो हो र आफ्ना आमाबाबु, बासस्थान छोडेर मान्छेको घरमा रमाउँछ। अमेरिकाको भाषा साथै लवाईखवाई बेग्लै छ नेपालको भन्दा। तर मैले त्यहाँको ढुङ्गा छामेँ नेपालको जस्तै कडा छ। माटो सुँघेँ नेपालको जस्तै गनाउँछ। रुखका बोक्रा चिमोट्दा उस्तै छन्। पानी उस्तै छ तलतिरै बग्छ। आकाशमा हेर्‍यो चन्द्रसूर्य तारा नेपालबाट देखे जस्तै देखिन्छ। सास फेर्ने हावा उस्तै छ तर म किन नेपाल छोडेर अमेरिकामा रमाएँ? त्यसैले म मान्छे होइन। वास्तवमा म मान्छे भए त आफ्नो घर बनाउँथे।/सारा वस्तु भरिपूर्ण हुँदाहुँदै पनि मैले घर बनाउँन सकिन। म जस्तै पशुको जमात बढ्दो छ। अर्काले दिएको एक गाँस मिठोमा रमाउने म जस्ताले कहिल्यै घर बनाउँदैनन्। घर बनाउन धेरैको मद्दत चाहिन्छ एकजनाले घर बनाउँनै सक्दैन। म एक्लै भएको महसूस गरेको हुँदा जग खन्नेदेखि धुरी कस्दासम्म मेरो हाडखोड मक्किन्छ भन्ने मलाई डर छ, त्यसैले म घर बनाउँदिन। मलाई थाहा छैन मेरा बालबच्चा नालीमा फालिन्छन वा आश्रममा बाच्छन्। मलाई मुतको न्यानो छ। मैले भविष्य हेर्नु पनि छैन। सन्तान जतासुकै जाउन्, जेसुकै खाउन्। म कृत्रिम रमाईलोमा रमाउन चाहन्छु। जय डीभी ।

link:http://samakalinsahitya.com/