My Blog List

Thursday, December 31, 2009

हिटलर र यहुदी पढेपिछ

बहुआयामिक व्यत्तित्वका धनी विश्वेश्वरप्रसाद कोइरालाको नेपाली साहित्यिक फुटमा विशिष्ट स्थान छ भन्दा अत्युत्ति नहोला। उनको दोषी चस्मा सिपाहिू र सुम्निमा जस्ता उत्कृष्ट कृति मैले पहिले नै पढिसकेको थिए र उनको लेखनशैली भाषिकशैलीको प्रयोग एवं रचनाशिल्प उनका समकालीनहरुको तुलनामा देखिएको पृथकताले मलाई साहित्यकार कोइरालाको अरु पनि साहित्यिक रचनाहरु पढ्न धेरै समयदेखि घच्घच्याइरहेको थियो। ूहिटलर र यहुदीू उपन्यास पनि त्यसमध्ये एक थियो।मैले हिटलर र यहुदीको विषय गहन र गम्भीर पाए तर भाषा भने उत्तिकै सरल र सहज थियो‡ शीतल सास फेरेको जस्तै सिधै मन र मष्तिष्कमा गएर बस्ने। परम्परागत शैलीबाट मोडिएर लेखिएको यस उत्कृष्ट उपन्यासका अधिकंाश भागमा हिटलरको निरकंुशता र यह’दीहरुको पीडालाई बडो सजीवताप”र्वक वर्णन गरिएको छ‡ पाठकको हृदय स्पर्श गरेर त्यसमा अमिट छाप छोड्ने गरि। त्यसैले यस उपन्यासको नाम ूहिटलर र यहुदीू राख्नु पनि सार्थक र स्वभाविकै देखिन्छ।आत्मपरक शैलीमा रचित यस उपन्यासको मुख्य पात्र‡ म आफ्नो रोगको उपचार गराउन एक सम’दि्रजहाजमा बम्बै हदै लण्डन प’ग्छन्। यसै यात्राका क्रममा भेटिएका यात्रीहरु उनीहरुसँग भएका परिचय र क’राकानी यात्रामा पानीजहाजदेखि हवाईजहाज भएर इजरायलसम्म पुगेर देखेका विभिन्न ठाउँहरु र त्यस अवधिमा बितेका भोगेका र बुचेका क्षणहरु र पाएका अन’भ”तिहरुलाई सहर्षरुपमा दार्शनिक र कलात्मक अभिव्यक्तिमा ढालेर तयार पारिएको उपन्यास हो - ूहिटलर र यहुदीू। ुमु पात्र आफूलाई प्राणभन्दा पनि माया गर्ने श्रीमतिलाई छोडेर उनैको बन्दोबस्तमा लगभग १७ दिनको यात्रा तय गरेर लण्डनसम्म आइपुग्छन्। सन्तोषजनक रुपमा आफ्नो रोगको उपचार भइसकेपछि उनि त_िम्सन्छन् ‡ नेपालमा आफ्नी श्रीमतिकहा फर्किन तर त्यो भन्दा पहिले यहुदीहरुको भूमि इजरायलमा पाइला टेक्न चाहन्छन् उनि। बम्बैमा भेटेका अन्तराष्ट्रिय यहुदी संघका प्रतिनिधि डेविडलाई भेटेपछि औषधोपचार गराउनु बाहेक उनले यात्रामा अर्को लक्ष्य पनि पाउ†छ - यहुदीहरुका बारेमा अझ धेरै जानकारी पाउनु र इजरायल जानु। यसैक्रममा उनको थुप्रै यहुदी जातिका मानिसहरुसंँंंग भेट हुन्छ। डेविड नारायण रेवा गोल्डवर्ग र उनका छोरा बुढि आमै थियोडोरा इल्जे वृद्ध सिपाहि दुई बंगाली साथीहरु र फ्रान्समा भेटिएका बुद्धिजीविहरु यी सबै बौद्धिक पात्रहरु ुमु पात्रले आफ्नो यात्राका क्रममा बम्बै इटली लण्डन पेरिस स्टकहोम बर्लिन र ह्यानोभरमा भेटिएका व्यत्तिहरु हुन्। यिनीहरुबाट उनले हिटलर यहुदी दोस्रो विश्वयुद्ध र त्यसले छाडेर गएका विभत्स अवशेष मान्छेले बोकेर हिँडेको त्यो नरसंहारको गहिरो घाउ र आसुँका बारेमा अझ धेरै जान्ने मौका पाउँछन्। यसरी इजरायल आइपुग्दा सम्म भएका र देखेका घटनाहरु यस उपन्यासमा समाविष्ट गरिएका छन्। यस उपन्यासको परिवेशले अन्तराष्ट्रिय समस्या देखाउन खोजेको छ- त्यो पनि मानविय ढुचा र संसारीक भोगबाट माथि उठेर। विभिन्न किसिमका विचार मूल्य-मान्यता दर्शन संसारीक चेतना र जीवनशैली बोकेका मानिसहरुको जमघट गराएर उपन्यासकार विश्वेश्वरप्रसाद कोइरालाले हिटलरले गरेको जातिय दमन र त्यसको चपेटामा परेर ज्यान गुमाउनु पुगेका लाखौँ निर्दोष यहुदीहरुको तीतो सत्यको यथार्थलाई पर्दापण गरेका छन्। विश्वेश्वरप्रसाद कोइराला परम्परावादी थिएनन् बरु भौतिकतावादी थिए र ूहिटलर र यहुदीू उपन्यासको वैचारिक धारा भनेको पनि अस्तित्ववादी चिन्तननै हो यसको अर्थ आत्मा धर्म ईश्वर र जातप्रति अविश्वास हो। त्यसैले अस्तित्ववादी विचारको स्वच्छ पृष्ठभूमिमा यस उपन्यासले युद्धविरोधि भावना विसङ्गति निस्सारता कर्मवादीतासहित नियति सश्लिष्ट मानवतावादको रंग छताछुल्ल पार्ने काम गरेका छन्। धर्मनिरपेक्षता मानवतावाद र व्यक्तिगत स्वतन्त्रता प्रतिको चिन्तन यसमा छर्लङगै देख्न पाइन्छ। गीता दर्शनप्रति असन्तुष्ति र असहमति जनाउँदै लेखिएको यस उपन्यासमा हिटलरको दानवता र बर्बरता गीतावादी व्याख्यानसँग मिल्दो छ भनि देखाइएको छ। निर्दोषहरुको अकालमा मृत्यु हुनु भाग्य वा नियति नै हो र यसमा हिटलर आफैँले केही गल्ती गरेका छैनन् भनेर गीतावादीहरु भन्छन्। त्यसैले हिटलर र कृष्णलाई एकै ठाउँमा लगी उभ्याइएको छ - कारण दुवै गीतावादी थिए र गीतादर्शनको अनुशरण गर्थे। उनिहरु जे हुन्छ त्यो भाग्यले गर्दा नै हुन्छ त्यसैले त्यसलाई केही गरि पनि रोक्न सकिन्न भनि नियतिलाई दोष दिन्थे जसलाई नियतिवाद कर्मवाद वा भाग्यवाद पनि भनिन्छ।पति-पत्नीप्रतिको प्रेम प्रेमको परीभाषा युद्धको बेला आइमाईले भोग्नु परेका अत्याचार र बलत्कार बारुद र गोलीले भष्म भएका युरोपका घरहरु भग्नावशेष मात्र बाँकिरहेका प्राचीन इमारतहरु युद्ध भोगेका मानिहरुको निराश जीवन र मनमा अझै छिपेको क्रास खोक्रो पाण्डित्य र खतरनाक अल्पज्ञान बोकेर हिँड्ने मानिसहरुको समावेशीकरणले उपन्यासमा प्राण भर्ने काम गरेका छन्। म्ानिसले आफ्नो हैसियत र कर्तव्य नर्बिसि हितकारी काम गर्न र असल बन्न सके मानवसमाजमा शान्ति नै शान्ति र समुन्नत कायम गर्न सकिन्छ भन्ने मूल सन्देश बोकेको यस उपन्यासमा हिटलरका निर्दयि करतुतहरु उसले निर्माण गरेका निर्मम बन्दी क्याम्पहरु र त्यहुका उजाड-उजाड ग्याँस-च्याम्बरहरुको दर्दनाक र हृदयविदारक चित्रणले मेरो आङ नै सिरीङ्ग भएर आएको थियो। साँच्चै नै उपन्यासकार कोइरालाले भनेजस्तै ती बन्दि क्याम्पहरुमा भएका विभत्स घटना्हरुका बारेमा कल्पना मात्र गर्दा पनि एकछिनका लागी आफूपनि त्यहि थुनिएको बन्दि जस्तै अनुभव गर्न पुगे र अनायसै ूआमाू भनेर चित्कार गर्न मनलाग्यो- मृत्युदेखिको डर र क्रासमा। थुप्रै बालबालिका अधवैसे र बूढाबूढीहरु लाखौँको संख्यामा आलु पोलिए जस्तै पोलिए छन्- हिटलरको निरकंुशतामा जलेर। त्यो इतिहासको एक दुर्भाग्यपूर्ण कालखण्ड थियो जुन यसै मानवसमाजमा घटेको थियो भनेर विश्वास गर्न मलाई अत्यन्त गाह्रो भयो। के त्यस्ता हिटलर साँच्चै जन्मेका नै थिए त के त्यत्रो लाखौँ मानिसहरु छिनभरमै निस्सासिएर प्राणहीन र जलेर भष्म भई खरानी भएका होलान् र-आफैलाई प्रश्न गर्न थाल्छु। के यि घट्ना साँच्च घटेका थिए र- हो सत्य यहि हो। म्ानिस कतिसम्म पाखण्डी थियो भने उ आफूजस्तै मानवलाई ईश्वरको नाममा र धर्मको नाममा जमीनमुनि ज्युदैँ गाडेर त्यसैमा ईश्वरको मर्जी थान्थ्यो। उफ् ! ुहिटलर र यहुदीुसाँच्चै एक करुणामय विवरण र मुटु च्वास्स घोच्ने अध्यारो र विवश गाथाले भरिएको एउटा कालो जुगको यथार्थ र मार्मिक कथा हो। यस उत्कृष्ट उपन्यासले भविष्यमा पनि नेपाली उपन्यासको फुटमा विशिष्ट श्रेणी ओगटेर रहने पक्का छ।

यस्तो उपन्यास र उपन्यासकारलाई सत्यप्रयक र मानवतावादी नभनेर अरु कसलाई भन्ने
link::http://sumatee.blogspot.com/

1 comment:

Anonymous said...

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।