Sunday, July 4, 2010
Saturday, April 3, 2010
अन्तर्मनका चिन्तक: जगदीश घिमिरे
कसैको जीवनको टुंगो छैन, तर उनको जीवनको टुंगो छ । थाइल्यान्डका प्रसिद्ध डाक्टर सुरापोलले उनको जीवनको समयसमीमा तोकिदिएका छन्– माइलोमा भएपछि मानिस तीन–चार वर्षसम्म बा“च्न सक्छ, आधाजसो डेढ–दुई वर्षमै बिदा हुन्छन् । आºनो अन्तिम दिनको आभास भएपछि कतिपय दानदातव्य, भजनकीर्तनमा लाग्छन् अथवा मृत्यु चिन्ताले डाक्टर वा ज्योतिषीले दिएको समयसीमाअघि नै बिदावारी हुन्छन् । तर जगदीशले त्यसो गरेनन्, उनी मृत्युचिन्तनमा लागे । योजनाबद्ध जीवन बिताइरहेका उनलाई देब्रे लहराझैं माइलोमाले अंगालेपछि जीवनमा गर्नुपर्ने सहस्र कामले थिच्न थाल्यो । गहकिला पुस्तक लेख्ने र केही वर्षपछि जागिरबाट अवकाश लिई पूर्ण रूपमा साहित्यमा समर्पित हुने उनको जीवनको लक्ष्य र उद्देश्य थियो । पकृतिको लीला अपरम्पार छ । जीवनको रेखा गणितजस्तो सीधा राखेमा कहिल्यै अघि बढ्दैन । जगदीशले पनि सोचेको जस्तो गर्न पाएनन् । रामेछापको मन्थलीमा तामाकोसी सेवा समिति स्थापना गरी दिगो र स्वनिर्भर सामुदायिक विकासमा समर्पित भएको कदरस्वरूप प्राप्त एउटा अन्तर्राष्ट्रिय पुरस्कार ग्रहण गर्न २०६३ वैशाखमा अमेरिका जा“दा माइलोमा वयस्क भइसकेको, ढाड ºयाक्चर भएर ढलेपछि मात्र उनलाई ज्ञात भयो । अघिल्लो दिनसम्म उनलाई त्यसको भेउसम्म थिएन । उनी त जीवनमा पहिलो पटक ‘बुढ्यौली हनमिुन’ मा रमाइरहेका थिए । ‘म जीवनको प्रचण्ड उज्यालोबाट एकाएक प्रचण्ड अन्धकारमा पुगेको थिए“ । मेरा आ“खा जोडले तिरमिराएका थिए । दिव्य ज्ञानतुल्य त्यो तिरिमिरीले मलाई नया“ दृष्टि दियो’ –अन्तर्मनको यात्रामा उनले लेखेका छन् । त्यही माइलोमा हो, जसले जगदीशलाई एक वर्षदेखि चर्चाको शिखरमा रहेको ‘अन्तर्मनको यात्रा’ लेख्न लगायो । अरू भएको भए घातक रोग लागेको थाहा पाउ“दा चिन्ताले ग्रस्त हुन्थ्यो होला, तर जगदीश चिन्तनमा डुबे अनि आºनो धोको पूरा गर्न बा“की समयको उच्चतम सदुपयोग गर्ने निर्णय गरे । अशक्त भएर अस्पतालको बेडमै पल्टिरहेको बेला उनका शिथिल औंलाहरू ल्यापटपमा युनिकोड थिच्नमा व्यस्त हुन्थे । म उनको घर कीर्तिपुर उकालोमा पुग्दा पनि देखें उनी कि–बोर्डमै व्यस्त छन् । सामलको बाध्यताले लामो समय साहित्यबाट अलग हुनुपरे पनि जगदीशभित्र त्यो भावना सधैं सल्बलाइरहन्थ्यो । जागिरबाट अवकाश लिएपछि फेरि पहिलेकै जस्तो सक्रिय साहित्यकर्म गर्ने धोको माइलोमाले अगाडि नै पूरा गराइदियो । ‘अन्तर्मनको यात्रा’ पूरा गरेपछि उनले आºना पुराना दुई उपन्यास ‘लिलाम’ र ‘साविती’ को नया“ संस्करण निकाल्न भ्याए । अहिले उनी आºना रोज्जा कथाहरूको संग्रह ‘बर्दी’, रोज्जा कविताहरूको संग्रह ‘अग्निसूत्र’ तथा रोज्जा लेख र अन्तर्वँर्ताहरूको संग्रह ‘छ्यासमिस’ लाई अन्तिम रूप दिनमा व्यस्त छन् । यी त भए झिनामसिना कुरा । ठोस काम उनी जीवनकै स्मरणीय अर्को उपन्यास लेख्दै छन् । ‘मलाई यस्तो सा“घुरो मनको बह लेख्न मन थिएन । म फराकिलो आख्यान साहित्य लेख्न चाहन्थें । म नेपाली समाजका अनेकौं बिर्सिनसक्नु ऐतिहासिक, सामाजिक र काल्पनिकसमेत पात्रहरू र अनेकौं जटिल र महŒवपूर्ण परिस्थितिहरूको आख्यानमा पुनर्निर्माण गर्न चाहन्थें’ –यही कुरालाई मूर्त रूप दिन उनी अहिले व्यस्त छन् । आºनो नया“ उपन्यास अहिलेसम्म लेखिएका भन्दा फरक होस् भन्ने कुरामा उनी विशेष सचेत छन् । त्यसैले उनले पुराना उपन्यासहरू कुनै दोहो¥याएर र नपढेकाहरूलाई एकसरो पढ्ने कामलाई पनि ण्स“गस“गै अघि बढाएका छन् । आºनो टेबलमा रहेको एक जमानाको एउटा चर्चित उपन्यास उठाउ“दै भने– ‘हेर्नुस् न यसको भाषाशैली कति लेन्दी छ, अनावश्यक रूपमा तन्काएर पाठकलाई बोझ थोपरिएको छ । संवादहरू कति जटिल र अस्वाभाविक लाग्छन् ।’उपन्यास टेबलमै राखे । खुट्टामा मात्र ओढाइएको दोलाइ“ अलि माथि सारे अनि मतिर फर्किए– ‘म यस्तो उपन्यास लेख्ने पक्षमा छैन ।’‘दाइको नया“ उपन्यास मुख्य कुन विषयमा केन्द्रित छ त ?’उनले उपन्यासको पूरै थिम त बताएनन्, मलाई पनि पूरै विषय खोलेर पाठकको जिज्ञासा मार्नु थिएन । उनले यति मात्र भने– ‘अहिलेको समसामयिक विषय नै हो ।’लामो समय देश–विदेश घुमेर आर्जन गरेको ज्ञान र अनुभव पनि जगदीशको नया“ उपन्यासमा देख्न पाइनेछ । विदेशी विकसित राष्ट्रका जनताको व्यस्तता, जटिलता र यान्त्रिकता हेरी हाम्रो समाज तुलनै गर्न नसकिने गरी उत्कृष्ट भएको उनको बुझाइ छ । अहिले विदेशीहरूका लागि बच्चा जन्माउनु ठूलो विलासिता भएको तर हामी नेपालीले त्यो विलासिता सजिलै प्राप्त गरिरहेको विश्लेषण उनको छ । उनीहरू नातिनातिना हुर्काउने, खेलाउने जिम्मेवारीलाई बोझ सम्झिन्छन् तर हामीकहा“ त्यसलाई ठूलो अवसर र सोख । यो कुरालाई पनि उनी आºनो नया“ उपन्यासमा वर्णन गर्न चाहन्छन् । तर यसलाई कस्ता पात्रमार्फत कसरी वर्णन गर्ने, उनी सोचमग्न छन् । प्रारम्भिक लेखनले ‘अन्तर्मनको यात्रा’ ले जति सफलता पाएको भए जगदीश सायदै जागिरे जीवनमा प्रवेश गर्ने थिए । लेखेरै बा“च्न सकिन्छ कि भनेर उनले प्रयास पनि नगरेका होइन, तर यो तार लाग्ने क्षेत्र होइन भनेर जीविकोपार्जनका क्षेत्र खोजी गर्नतर्फ लागे । यस क्रममा उनले परिवार नियोजन संघ, सीआरएस कम्पनी, जा“चबुझ केन्द्र हु“दै अन्तर्राष्ट्रिय क्षेत्रको इन्टरनेसनल प्लान्ट प्यारेनहुड फेडरेसन तथा वल्र्ड नेवर्ससम्म छरिन भ्याए । एक वर्षअघिसम्म पनि उनी वल्र्ड नेवर्समै सक्रियता देखाइरहेका थिए । गत वर्ष मन्थलीमा तामाकोसी सेवा समिति र जगदीश घिमिरे प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा म पनि निम्त्याइएको थिए“ । उनी बारम्बार भन्ने गर्थे– ‘यो मेरो जीवनको अन्तिम कार्यक्रम होला जस्तो छ । यहा“बाट फर्किनासाथ वल्र्ड नेवर्सबाट पनि राजीनामा दिन्छु अनि जति बा“च्छु, साहित्य सेवामै लाग्छु ।’त्यतिबेला उनी ‘अन्तर्मनको यात्रा’ लाई अन्तिम रूप दि“दै थिए । केही व्यक्ति तथा पत्रपत्रिकाबाट उनलाई लागेको रोगबारे थाहा पाएको थिए“ तर स्थिति यति गम्भीर होला र उनले यति भुक्तमान भोग्नुप¥यो होला भन्ने सोचेको थिइन“ । काठमाडौं फर्किएको केही समयमै उनले गुरुकुलमा पुस्तक विमोचन कार्यक्रम राखे । कारणवश म त्यस कार्यक्रममा उपस्थित हुन सकिन“ । पछि थाहा पाए“ त्यहा“ उनी, भाउजू दुर्गा र अरू पनि रोएछन् । सोचें– जान नपाउनु पनि ठीकै भएछ । किताब पढ्दा रसाएका मेरा आ“खा कार्यक्रममा गएका भए बर्सिन्थे होला । ‘रामेछापको कार्यक्रम सकेर काठमाडौं फर्की किताब विमोचन गर्न भ्याउ“छु कि जस्तो लागेको थियो’ –जगदीश आजसम्म पनि आºनो भौतिक अस्तित्वको अनुमान गरेका रहेनछन् । प्रसिद्ध चिन्तक जयराज आचार्यले उनको पुस्तक चर्चाका क्रममा लेखेको सम्झन्छु– ‘जगदीशजस्तो आत्मबल बलियो भएको मानिसलाई माइलोमाले केही लछार्न सक्दैन, त्यो माइलोमामा बन्दछ ।’मृत्युको काउन्टडाउन स्केल छोटि“दै छ तर उनको उत्साह भने चुलि“दै छ । अनुत्पादक भन्ने गरिएको साहित्यसेवा होस् अथवा रामेछापका जनताको जीवनस्तर र चेतनास्तर उकास्ने काममा होस् उनी पहिलेभन्दा बढी सक्रिय बनेका छन् । आºनो र आºनै परिवारका लागि डलर आर्जन हुने आईएनजीओको जागिरबाट भने उनले अवकाश लिएका छन् । उनी अब सबैका लागि भएका छन् । ‘हरेक दिनलाई, हरेक छिनलाई जीवनको अन्तिम दिन र छिन मानेर बा“च्न सक्नु नै बुद्धिमानी हो’ –उनले आºनो पुस्तकमा लेखेका छन्– ‘महात्मा गान्धीले भनेका छन्– ‘प्रत्येक रात निदाउ“दा म मर्छु र प्रत्येक बिहान ब्यू“झ“दा म जन्मन्छु । उनी महात्मा थिए, सिद्धि प्राप्त गरेका थिए होलान्, सक्थे होलान् । म पनि चाहन्छु प्रत्येक रात म निदाउ“दा मरु“ र प्रत्येक बिहान ब्यू“झदा स्वस्थ जन्मियू“ । तर सक्तिन“ ।’जगदीश रामेछापमा जन्मिए, छोटो बाल्यकाल बिताए अनि बाबा–आमास“ग जनकपुर बसाइ“ सरे । उनको अध्ययन जनकपुर र काठमाडौंमा भयो । अध्ययन पूरा भएपछि जागिरको सिलसिलामा धेरैजसो विदेश र काठमाडौंमै समय बित्यो । यी सब बाध्यता थिए । वास्तवमा रामेछापप्रतिको मोह उनको मनमा यति प्रगाढ छ कि त्यसलाई तुलना गर्ने अर्को उपमा छैन ।‘म रामेछापको उपज हु“ । मैले जे सकें त्यो रामेछापकै माटोलाई दिए“ । त्यही मेरो जीवनको सार्थकता हो । म नेपालको उपज हु“, मैले जे सकें त्यो नेपाली भाषालाई दिए“ । त्यही मेरो जीवनको सार्थकता हो ।’ यो जगीशको भावुकता मात्र होइन । उनी कवि भएकाले वर्णनमा मिठास र कल्पनाशीलता छ तर रामेछाप पुग्नेले कल्पना यथार्थ र भावुकता सार्थक भएको पाउनेछ । रामेछापका पिछडिएका वर्गलाई सेवा पु¥याउने उद्देश्यले उनले २०३९ सालमा स्थापना गरेको तामाकोसी सेवा समिति अहिले वयस्क भएको छ । गत वर्ष रामेछाप भ्रमणका बेला मैले तासेसले ह“साएका थुप्रै अनुहारहरूलाई नजिकैबाट नियाल्ने अवसर पाए“ । झन्डै एक दशकअघि जगदीश नेपाल समाचारपत्रको कार्यालयमा विषयगत विज्ञका रूपमा निम्त्याइएका थिए । विभिन्न क्षेत्रका विज्ञका अनुभव सुन्ने र पत्रकारको ज्ञानभण्डार विस्तार गर्ने सिलसिला त्यसबेला शुरू भएको थियो । गैरसरकारी संस्थाहरूका बारेमा बोलिसकेपछि उनले आºनो संस्था तासेसका सम्बन्धमा पनि केही कुरा राख्न भ्याए । त्यतिबेलै उनको काम प्रत्यक्ष नियाल्ने इच्छा भएको हो तर अवसर अहिले मिल्यो । मन्थली र चरिकोट वरिपरिका गाउ“हरूमा म काठमाडौंबाट गएका टोलीस“ग घुमें र कवि मित्र विमल भौकाजीस“ग छुट्टै पनि । तासेस खासगरी अति विपन्न र पिछडिएका माझी परिवारको उन्नतिमा सक्रिय रहेछ । माछा मार्ने र घाट तार्ने काम गरेर पेटपूजासम्म गर्न सक्ने माझी गाउ“ तासेसको स्थापनापछि कायापलट भएको अनुभव भयो । पिछडिएका मध्येको एक कुनाउरी गाउ“का कुलमान माझी हामीस“ग भन्दै थिए– ‘पहिले हामीलाई ६ महिनाभन्दा बढी खान पुग्दैनथ्यो । १०–१२ रोपनी जग्गा भए पनि त्यसको उपयोग गर्न सकिएको थिएन । तामाकोसी सेवा समिति आएपछि तटबन्ध बा“धेर सिंचाइ, खानेपानी पाएका छौं । तरकारी खेतीको तालिम पायौं । बत्ती बाल्न पायौं । प्रत्येक घरमा चर्पी छ । अहिले मान्छेजस्तो भएर दुई छाक खान नपुग्दो छैन ।’रामेछापका पिछडिएका वर्ग जगदीशलाई आºनो भाग्यविधाता नै मान्दा रहेछन् । जगदीश रामेछापमा नजन्मेको भए अझ कयौं वर्षसम्म आफूहरू ढुंगाले छाएको घरमा हैन ढुंगेयुगकै जस्तो जीवनयापन गर्न बाध्य हुनुपथ्र्यो भन्ने भाव अधिकांशको अभिव्यक्तिमा पाइन्थ्यो । तासेस पनि एक एनजीओ नै हो, अरूजस्तै । तर फरक छ कार्यशैली कुलमान भन्छन्– ‘तासेसको बुद्धि र हाम्रो बलले गाउ“ बदलिएको हो ।’ गरिबलाई माछा मारेर दिने होइन माछा मार्ने तरिका सिकाउनुपर्छ भन्ने कुरालाई जगदीशले आºनो गाउ“मा प्रयोग गरेरै देखाएका रहेछन् ।जगदीशले रामेछापमा गरेको चकचकी देखेर एक मित्रले टिप्पणी गरेका थिए– जगदीश दाइले त यहा“ समानान्तर सरकार नै चलाउनुभएको रहेछ । विकास, शिक्षा, आयआर्जन तथा तामाकोसी सहकारी संस्था, अस्पताल पनि उनको संस्थाले रामेछापमा स्थापना गरेको देखेपछि ती मित्रको टिप्पणी जायज नै ठहरियो । सरकारले गर्नुपर्ने तीन मुख्य काम शिक्षा, स्वास्थ्य, सुरक्षालाई मानिन्छ । तासेसले सैन्य दस्ता त गठन गरेको रहेनछ, त्यसबाहेक सबै कुरा दिने प्रयास गरेको देखियो । निःस्वार्थ भावले जनसेवा गर्दा पनि आºनो विरोधमा केही व्यक्तिहरू हात धोएर लागेको प्रसंग उनले आºनो पुस्तकमा पनि उल्लेख गरेका छन् । खास गरी रामेछापका जनताले उनलाई मन पराउ“दै गएपछि आºनो दानापानी खोसिने हो कि भनेर स्थानीय राजनीतिक नेताहरू थर्कमान भएछन । सकारात्मकतामा नकारात्मक खोज्ने काम जुनसुकै युगमा पनि हु“दो रहेछ । कुनै ऋषिको तपस्याले आºनो सत्ता खोसिने हो कि भनेर पौराणिक युगमा इन्द्र पनि आत्तिएका थिए र तपस्या भंग गर्न अप्सराहरू पठाएका थिए । तर जगदीश त्यो ऋषि हो जसको साहित्य र समाजसेवारूपी तपस्या कसैले भंग गर्न सक्दैन, जसले त्यो प्रयास गर्छ, उनी अझै आºनो शक्ति र सामथ्र्य बढाउ“छन् । गहु“गोरो अनुहारमा गिरिजाप्रसाद कोइरालाको समकक्षी बाहुन नाक, ज्ञान भरिएझैं लाग्ने तीक्ष्ण आ“खा, पत्रकार महासंघका पूर्वअध्यक्ष्ँ सुरेश आचार्यले झैं घा“टीबाट आवाज निकाल्ने उनको विशेषता मलाई ठेट लाग्छ । जे सोध्यो, उनी स्पष्ट जवाफ दिन्छन् । कुरा चपाएर बोल्न सायद उनले जानेका छैनन् । लेखनमा होस् अथवा कुराकानीमा उनी बढीजसो ठेट शब्द नै उच्चारण गरिरहेका हुन्छन् । म जन्मिनुभन्दा दुई वर्षअघि निस्किएको उनको पहिलो उपन्यास ‘लिलाम’ भर्खरै पढिसिध्याए“ । यो उपन्यास रामेछापका पिछडिएका माझी परिवारकै विषयमा लेखिएको रहेछ । त्यसको रचनागर्भबारे जिज्ञासा राख्दा उनले सबै रहस्य भने । कुनै एउटा माझी परिवारको मात्र नभई लिलाममा समग्रता समेट्न खोजेको जानकारी पनि उनले गराए । उपन्यासको प्रमुख पात्र ‘बहादुरे’ यथार्थ पात्र भए पनि घरखेत लिलामीमा पर्नेचाहि“ ऊ नभएर अरू नै भएको उनले बताए । उपनयासमा शोषक र सामन्ती चरित्रको पात्रको रूपमा दिले घर्तीलाई उभ्याएका छन् । त्यतिबेला उनकै नजिकका नातेदारहरू जिम्मावालका रूपमा कार्यरत थिए । गरिब, निमुखाका शोषणमा उनीहरू नै सक्रिय थिए । परिवार दोषबाट बच्न उनले घर्ती पात्र खडा गरे र तामाकोसीलाई पनि कोसी मात्र भनेका छन् । ‘जेथाको लिलाम भएपछि मान्छेको पनि लिलाम हुनु बेस हो । मान्छे पशु पाल्छन् सवारीको निम्ति, तरकारीको निम्ति, मलको निम्ति, सोखको निम्ति के मान्छेले मान्छेबाटै पनि यी कुरा प्राप्त गरे हु“दैन ? के एउटा हदसम्म यसो गरिएको छैन र ?’‘... बहादुरे सपरिवार सर्वस्व लिलाम गरिएछ । यौटाले उसको सर्वस्व हत्याउ“छ, अर्कोले उसलाई डो¥याउ“छ, अरू पछि लाग्छन् । बथान यौटा नया“ कटेरो (आधुनिक उद्योग) तिर धपाइन्छ । छेउको ठूलो किलोमा पशु बहादुरे बा“धिन्छ । अनि माउ पोथी (सेती) अनि कमाउने बेला भएकी थोरे (माइली) अनि पाडी (साइ“ली) अनि लैनु दूधे बच्ची पाडी । ठूला मान्छेमा पो लोग्ने–स्वास्नी, छोराछोरी, नाताकुटुम्ब, दाजुभाइ आदि नाताजस्ता कुराहरू, भावनात्मकता हराइसकेका देखावटहरू, सम्पत्ति सूत्रले गा“सिएकै छन् । सम्पत्तिहीन, पु“जीहीन यस बथानलाई के ?’त्यो समयमा यति यथार्थवादी र प्रगतिशील स्वर उराल्न सक्नु सानु कुरा थिएन । तर यस उपन्यासको जति चर्चा हुनुपर्ने हो, नेपाली साहित्यमा जुन स्थान पाउनुपर्ने हो पाएन । ‘म कुनै समूह र गुटमा थिइन, त्यसैले यसले त्यति चर्चा पाएन । प्रगतिशील खेमामा लागेको भए त्यस पक्षले उचाल्थ्यो होला तर म त्यता पनि थिइन“’ –जगदीश भन्छन् । २०२०–३० सालतिर जगदीश घिमिरे साहित्यमा सक्रिय भएको बेला थियो । पत्रपत्रिकामा उनको रचनाको माग हुन्थ्यो । साहित्यकारहरूको पीपलबोट जमघटमा उनको उपस्थिति अनिवार्य जस्तै मानिन्थ्यो तर पनि उनी आफै सिद्धान्त र जीवनदृष्टिमा अडिग रहे । एक पटक प्रयोगका रूपमा ५–७ जना साहित्यकार मिलेर संयुक्त उपन्यास लेख्ने योजना बन्यो । त्यसमा जगदीशलाई पनि सहभागी गराउन खोजियो तर त्यसलाई उनले इन्कार गरे । ‘कसले कुन कुरालाई उठाएको हुन्छ अर्कोले कहा“बाट शुरू गरेर कहा“ पु¥याउने ? त्यसरी नया“ चिज आउ“दैन भनेर मैले इन्कार गरें’ –उनले अलिकति इतिहास कोट्याए । बियर खाने गिलासमा भरिएको ग्रिनटीको चुस्की लिएपछि मैले उनको दोस्रो उपन्यास ‘साविती’ को सन्दर्भ उठाए“ । ‘दाइले सावितीमा कवितैकविता पो लेख्नुभएको रहेछ’ –मलाई कुरा थुत्नु थियो । देवतालाई त प्रशंसा चाहिन्छ भने त्यो नचाहने मानिस को होला । उनी मुस्कुराए । छेउमा रहेको सानो टेबलमा आज्ञा पालन गरिरहेको कलात्मक हात्तीले पनि समर्थनमा सु“ढ हल्लायो । ‘साविती’ पनि यथार्थ घटनामै आधारित भएको उल्लेख गर्दै उनी मेलो पसे । तत्कालीन पञ्चायती व्यवस्थाको कोपभाजनबाट बच्न ‘साविती’ लाई पहिले ‘रचना’ साहित्यिक पत्रिकामा प्रकाशित गरिएछ र त्यसपछि मात्र पुस्तकाकार रूपमा आएको रहेछ । तत्कालीन व्यवस्था र यथास्थितिवादप्रति चर्को व्यंग्य गरिएको पुस्तक प्रकाशित भएपछि जगदीशले शासक वर्गबाट बारम्बार सास्ती र धम्की सहनु परेछ । ‘साविती’ को नया“ संस्करणको भूमिकामा जगदीशले लेखेका छन्– ‘लिलाम मेरो साम्यवादको यात्रा हो भने ‘साविती’ अराज्यवादको । एक समय मनु ब्राजाकीस“ग मिलेर माओवादी शैलीको छापामार युद्धको अभ्यास गरेका जगदीश त्यस धारणाबाट छिट्टै मुक्त भए । ‘मैले बन्दुक ºया“केर कलम बोकेको हु“ र साम्यवादी ढोकाबाट बाहिरिएको रनाहामा साविती लेखेको हु“ । म थोरो, टल्सटाय र गान्धीको शान्तिवादी अराज्यवादबाट प्रेरित थिए“ र छु ।’ आºनो भूमिकामा उनले यो पनि लेखेका छन्– ‘अराज्यवादको राज्य हु“दैन, विचार नै यसको राज्य हो । अराज्यवादको सा“ध सिमाना हु“दैन, प्रेम नै यसको सा“ध सिमाना हो ।’एकजना साहित्यकारको एकालाप शैलीमा ‘साविती’ बुनिएको छ । उपन्यासको म पात्रमार्फत प्रशस्त व्यंग्य विद्रोह र अराजकताका स्वर उरालिएको छ । म पात्रको केही चीत्कार र हु“कार यस्तो छ– ‘समाज रोग हो, आम्दानीको स्रोत हो, तिमी समाजको ठेकेदार हुने नाटक गरेर पनि समाजको डाक्टर हुन सक्छौ– उनान्सय प्रतिशत राजनीतिज्ञजस्तो ।’‘रक्सी खान सिकेकाले मैले अर्काको रगत खान सकिन“ ।’‘भाषणको तोड कोर्राको भन्दा पीडादायक हुन्छ । म भाग्न छटपटाउ“छु । शब्दले मलाई बन्दुकका छर्राले जस्तै हिर्काउ“छन् ।’‘रा“गाको टाउको पच्चीस रुपिया“मा पाइन्छ, तर मान्छेको टाउकोलाई त्यति पर्दैन । बाख्रीको जीउ पचास रुपिया“मा पाइन्छ र आइमाईको जीउलाई त्यति पर्दैन, तिमीहरूको यस राज्यव्यवस्थामा– थुक्क ।’पञ्चायतको चरम अवस्थामा सीधै यो हदसम्मको कठोर शब्दमा व्यवस्थाविरुद्ध लेख्न सक्नु ठूलै साहस हो । यति चर्को शब्दमा त कुनै लेखकले अहिलेको प्रचण्ड सरकारको पनि आलोचना गर्न सकेको देखि“दैन । ‘मागेर खानु, मागेर लाउनु, मागेर टिकट काट्नु त मेरो इलमै हो, थुक्क ती कुराहरू मागिहि“डें, जुन मैले खोसेर लिनुपर्ने हो ।’‘सम्झौता गर्नुभन्दा चोर्नु, डा“का हान्नु असल हो । फरक सोझै र घुमाइफिराई मात्रको मात्रै हो । सोझै चोर्ने, डा“का हान्ने, जालसाझी गर्ने गरिब हुन्छन्, झ्यालखाना पर्छन्, गोली खान्छन्, कानुन यिनको लागि सक्रिय हुन्छ । घुमाइफिराइ डकैती गर्ने, चोरी गर्ने, भ्रष्टाचार गर्नेहरू ठूलठूला कुर्चीमा बस्छन्, जसलाई लुट्नु म न्याय ठान्छु ।’‘वनको काफल, ऐंसेलु कुनै एकजनाको होइन । त्यो भोकाहरूको हो । लुगा कारखानाको होइन, त्यो नांगाहरूको हो । घर बासिन्दाहरूको हो, खेत रोप्ने गोड्ने खेती (खेताला) हरूको हो ।’पञ्चायती व्यवस्था र राजसंस्थाविरुद्ध सिन्को मात्र भा“चे पनि जेल जाने त्यो जमानामा यति लेख्दा पनि संयोगले उनी जेल भने परेनछन् । बेलाबेलामा प्रशासनबाट धम्की आइरहे पनि प्रशंसा गर्नेहरू धेरै भएकोले आफूले त्यति कठिनाइ महसुस गर्नुनपरेको अनुभव जगदीश सुनाउ“छन् । उनले प्रारम्भिक कालमा साढे तीन दशकअगाडि लेखेका उपन्यास त वैचारिक र शैलीगत हिसाबले यति उचाइका छन् भने साढे ६ दशकको अध्ययन, अनुभव र हन्डर ठक्करबाट खारिएका अबका जगदीशबाट लेखि“दै गरेको उपन्यासले उत्कृष्टताको कुन बिन्दु छुने हो, अनुमान मात्र गर्न सकिन्छ । माइलोमाले ºयाक्चर बनाएको ढाडले उनलाई अहिले पनि दुःख दिइरहन्छ । त्यसैले ठूलो र आरामदायी अडेसा नभई उनी बस्न सक्दैनन् । यस्तो हालतमा पनि वर्षको एक पटक मन्थली पुगेर आफूले चलाएको अभियानलाई नियाल्ने र आफू जन्मेको माटोको सुगन्ध अनुभव गर्ने कामबाट वञ्चित नहुने प्रण उनले गरेका छन् । गत वर्ष स्थापना गरिएको अर्को संस्था जगदीश घिमिरे प्रतिष्ठान पनि त्यसैको उपज हो । गत वर्षझैं यस वर्ष पनि जगदीश घिमिरे प्रतिष्ठानले मन्थलीमा एक साहित्यिक कार्यक्रमको आयोजना ग¥यो । यसपालिको विशेषता कला कार्यशालाको आयोजना पनि थियो । जगदीशले रामेछापका जनताका लागि गरेका कामको चर्चा र प्रशंसा सुनेर ‘गुफावासी कलाकार’ मनुजबाबु मिश्रको मन पनि चौचौ भएछ अनि उनी लोकल बसको यात्रा तय गरेर पुगेछन् रामेछाप । मस“गको टेलिफोन संवादमा उनले भने– ‘जगदीशले रामेछापमा जे गरेका छन्, उनको पुस्तक अन्तर्मनको यात्रामा त्यसको एक छेउ वर्णन पनि छैन । हरेक जिल्लामा एकएक जना मात्रै जगदीश घिमिरे जन्मिने हो भने यो देश अर्कै हुने थियो ।’‘अन्तर्मनको यात्रा’ पढ्नेमध्ये कतिपयले जगदीशले पुस्तकभरि आºनो मपाइ“त्व प्रदर्शन गरेको र बढाइचढाइ लेखेको प्रतिक्रिया पनि दिएका छन् । पुस्तकबारे अझै हरेक दिन दुई–तीन वटा फोन, इमेल आउने गरेको जानकारी उनले गराए । प्रौढ व्यक्तिले सन्तान प्रसंग र बिरामीले अन्तिम इच्छासम्बन्धी परिच्छेद मन पराएको बताएर उनले ख्वाक्क खोके अनि तत्कालै डाबर हनिटस सिसीबाटै एक मुख निले । म कलम रोकेर झ्यालबाटै देखिएको काठमाडौं सहरको गन्जागोल रमाइलो नियाल्न थालें । ‘अन्तर्मनको यात्रा’ को धेरैजसो प्रशंसक भर्खरका केटीहरू भएका छन्’ यो भन्दा उनको अनुहारमा कुनै विशेष भाव ठम्याउन सकिन । ‘युवतीहरूले कुन प्रसंग बढी मन पराए त ?’ ममा यतिन्जेलसम्म ईष्र्या भाव पलाइसकेको थियो तर सायद उनले त्यो ठम्याउन सकेनन् । पुस्तकमा पे्रम र यौन प्रसंग पनि प्रशस्तै छन् । सायद त्यतातिर पो युवतीहरूको झुकाव छ कि भन्ने भाव मेरो मनमा थियो । ‘उनीहरू यो प्रसंग भन्दैनन्, सायद समग्र पुस्तक नै मन परेको होला’ –उनी स्पष्टीकरण दिन्छन् । मैले संयुक्त राष्ट्रसंघका पूर्व महासचिव ड्याग ह्यामरसोल्डको एउटा ठट्टा सम्झिए“– ‘पैसा भएको बेला तरुनीहरू भेटि“दैनन्, तरुनीहरू भेटिएको बेला खल्तीमा पैसा हु“दैन ।’युवती प्रशंसक बढिरहेका बेला उनको उमेर र स्वास्थ्यले साथ नदिएको कुरालाई उनले कसरी लिइरहेका छन्, ठट्टा गर्न त मन थियो तर उनकी बुहारी र पत्नी अगाडि भएकाले प्रकट गरिन“ । जगदीशले अन्तर्मनको यात्रामा आºनो अन्तिम इच्छालाई यस्तो कारुणिक रूपमा प्रस्तुत गरेका छन्–‘मेरा स्वजनहरू, मेरो जीवनको का“क्रो पाकिसकेको छ । मलाई पाकेको का“क्रोजस्तै सबै बन्धनहरू चु“डाएर फुत्रुक्क झर्न र बिलाउन सघाऊ । मेरो अमृत त्यही हो, तेरो मुक्ति त्यही हो । मेरो जीवनरूपी पाकेको का“क्रोलाई सिक लगाएर खल्पी हाल्न नसा“च । मलाई पराल, सिन्की, गुन्द्रुक भएर बा“च्न बाध्य नपार ।... मेरो खरानी मेरो पुर्खाको थलो, मेरा स्वजन माझीमाझिनीहरू र मलगायत सबैको साझा, मन्थलीको तामाकोसी र सुकाजोरको सफा दोभानमा बगाइदेऊ । यो मेरो भावनाले भनेको हो । तर्क भन्छ– खरानी छरेर तामाकोसीको सफा पानी नधमिल्याऊ । मेरो खरानी मन्थलीको कुनै पनि पाखामा छरिदिए पनि हुन्छ ।’रामेछापप्रति यति लिप्त जगदीश बैंककमा स्वास्थ्य परीक्षणपछि फेरि जा“दै छन् मन्थली । ‘आगामी हिउ“दमा अलि लामै समय बस्ने गरी जाने योजना छ’ –उनले सुनाए । उनको रोग, उनले लेखेको अन्तिम इच्छा सुनेर रुने धेरै छन् । तर उनी सधैं हा“सिरहेका देखिन्छन् । जीवनप्रति कुनै असन्तोष र वितृष्णाभाव छैन । उनीस“ग बिदा भएर उनकै घरछेउको ओरालो झर्दै गर्दा देखें– उनको दुःखमा सल्लाघारी सुसाइरहेको छ ।
Sunday, February 14, 2010
Do not Enter
खाना खाने समयमा चोकको चाइनीज रेस्टुरेंट बाट चिकेन तेरियाकी मगाए.खाना आयो डेलिभरी कर्तालाई ७५ रुपैया टिप्स दिए उ नियाउरो मुख लागाउदै फर्कियो.खानाको बट्टा खोल्छु त चिकेनको सट्टा बीफ रहेछ के गुनासो गर्नु भनेरबिफलाई पन्छाएर बाकि रहेको सागपात र भात खाए.खाना पछि म बाहिर निस्किए सहरको रमझम हेर्न. तर ट्रेन चढेको केहि समयमा ट्रेनमा खराबी आयो भनेर भित्र सुरुंगमा आधा घन्टा जस्तो सस्ती खाइयो.पछि आपतकालीन अबस्थामाबस लिएर जानु पर्ने खबर आए पछि अलपत्र यात्रुहरू बसको खोजीमा भोतारिए.हो त्यहि अलमलमा उनिसंग भेट भो,
उनले कहा जान लागेको भनेर सोधिन मैले यतै कतै भने पछि उनले पनि यतै कतै भनिन.हामी बस चढेऔ .बसबाट फेरी ट्रेनमा चदनु पर्छ रे..बसको हल्लाले मैले उनको कुरा तेती बुझ्न सकिन तर भिडहरुमा मैले उनको भाब भने प्रस्ट बुझे. बसबाट ओर्लेर हामी अर्को ट्रेन चढेऔ.ट्रेन एकोहोरो कर्कसलाग्दो आवाजमा दौडी रहेको थियो भने हामी बिचमा मौनता थियो. ट्रेन कहिले जमीन मुनि कहिले जमीन माथि दौडिन्थ्यो तर हाम्रा आँखा हामी बिचमा मात्रै सिमित थियोहामी ट्रेनबाट ओर्लियौ एउटा पुरानो बस्ती नजीक. ट्रेन हाम्रो टाउको माथिबाट दौडी रह्यो.उनले मलाई उनको गुड तीर लगिन.घरको पछाडी पट्टी उनको गुड्मा छिर्ने ढोका रहेछ,
उनको घरको पर्खालमा बिभिन्न होर्डिंग बोर्ड र सुचानाका पोस्टरहरू थिए.उनको गुडको बहिर do not enter भने ट्राफ़िकको साइन बोर्ड थियो.छेउमै no parking र तेसै गरी all vehicle will be towed by owner एक्स्पेंसेस ठुलो अक्षरमा लेखिएको थियो .
हामी भित्र छिरेपछि पानी दर्कीयो.गयाङ्ग गुडुंग बढ्यो.केहि बेर पछि पानी रोकियो.उनी त्यहि बसिनम बाहिर निस्किए.उनको गुंड बाट निस्कदा one way लेखिएको साईन आँखामा ठोकियो. रात पर्यो .त्यो दिन त्यसै गरी बितेको थियो..
Saturday, January 30, 2010
भूगोलहीन: एउटा अमूर्त प्रेम
Monday, January 4, 2010
त्यो चमत्कारिक झोला र नेपालको कायापलट
पुरै दस वर्ष बिति सकेछ युरोपमा आएर जरा गाडिसकेको पनि । मलाई अझै सम्झना छ त्यों गाढ़ा हरियो रंगमा टिलिक्क टल्किने 'इमिनेन्ट'लेखिएको हाते झोला र अप्राकृतिक रूपले चाऊरिएको झैं लाग्ने अनुहार लिएर यहाँ आएको । म भने यसबीच मोटोघाटो र रातो पिरो देखिएकोछु, चाउरी पुरिएर गयो तर पनि त्यों झोला र त्यसको लामो लाम्चो, दुवै पट्टी चेन वाला खल्ति भएको र त्यसलाई छिर्के मिर्के परेको छोप्ने भएको त्यसको आकार विर्सेको कदापि छैन । ईन्द्र चोकको मारवाड़ी साहू काँ किनेको थिएँ , सुरुसुरुमा खासै राम्रो नलाग्ने मामूली झोला थियो त्यों तर पनि समय संगै जीवनको उकाली र ओराली अनि डाँडा र काँडाहरुमा लैजाँदा लैजाँदै मेरो हमसफ़र बनी सकेको थियो । देश देशावरको चक्करमा कति पल्ट त त्यसले सिरानीको काम गरेको थियो भने कहिले पिरा वा चकटी त कहिले अढ़ेसोको जिम्मेवारी वहन गरिसकेको थियो ।/हिसावै गर्ने हो भने चार सयमा किनेको त्यो झोलाबाट कतिहो कति फाइदा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा लिई सकेको थिएँ । कहिले काहीं मन मनै लाग्थ्यो कि यदि यस झोला उत्पादक कम्पनिले यो तरीका थाहा पायो भने पक्कै पनि त्यस झोलाको विज्ञापन अर्कै किसिमले व्यापक रुपमा गर्थ्यो होला जस्तै कि "वहूपयोगी झोला " या 'मल्टी परपोज ब्याग' अनि साविक भन्दा दोब्बर भाऊमा बेच्थ्यो होला र मालामाल हुन्थ्योहोला । मेरो त्यों त्यस्तो वहुपयोगी झोलाले नेपालमा हुँदा धेरै साथ दिएको थियो त्यसैले पहिलो पटक त्यसलाई पनि विदेश लाने निर्णय गरियो , जस अनुसार त्यों हंगकंग र शेनजेन सम्म पुगेर चिनिया भूमि स्पर्श गरेको थियो । यदि ताइवान जाने काम कुरो मिलेको भए त्यों त्यहाँ पनि अवश्य पुग्ने थियो । झोला लाई पासपोर्ट र भिसा नचाहिने भएपनि त्यों म संगसंगै फर्कनु परयो । त्यसको जीवनको दोस्रो विदेश यात्रा भने मित्र रास्ट्र भारतको परेको थियो , रक्सौल हुँदै ठगिँदै ठगिँदै लामो र कष्ट पूर्ण दिल्ली बस यात्रामा कैयौ पटक कोच्चिनु परेको र भारतीय पुलिसको संकालु हेराइ सहँदै खोतलिएर अपमानित हुनु परेको थियो विचराले। निकै राम्रो लागेछ क्यारे कुन्नि ,एक पटक त झन्नै अपहरणमा परेको भाई साबको हात बाट । थाईल्यांडको हारा जींसको पनि नक्कल गरि सिलाइएका जींस मै मक्ख पर्ने भारतीय समाज थियो त्यों/बेलाको , त्यसैले होला काठमांडूबाट छानेर ल्याएको त्यों झोलामा आँखा नलगाउने , नलोभिने त कमै थिए र भाई साबहरु त्यों झोला, मैले लगाएको ज्याकेट अनि जुत्ता समेत किन्छु भन्दै पछीपरेर हत्ते गर्थे ।झोलाहरू हज्जारौ थरिपरिका होलान, मैले पनि जिवनमा १५, २० थरिका झोलाहरू किनी सकेको छु तर सदा सदैवको लागि अब त्यही झोला मात्र प्यारो र पूजनीय लागिरहेछ । जीवनका उकाली ओरालीका मनग्य सम्झनाहरु त्यस झोला सित गाँसिएका छन , अल्झीएका छन । अझ मेरो मात्र नभएर हितैषी , आफन्त, इष्ट मित्रहरु समेतको सम्झनामा बसेको छ त्यों हरियो झोला । तेस्रो पटकको विदेश शयरमा त्यों झोला बेल्जियमसम्म आईपुगेको थियो र केही महिना पछि कोशेली समेत बोकर त्यों फिर्ता भयो , लाग्थ्यो त्यों फेरी अरु कसैको प्रतीक्षामा छ , कसैलाई विदेश पुर्याउन पर्खि रहेछ , न भन्दै अमेरिका जाने एक आफंतले त्यहि झोला लिएर गयो तर फिर्ता पठाउने शर्तमा र शर्त अनुसार लगतै फिर्ता पनि भयो । करीब पाँच छ पटकको विदेशको चक्कर लगाईं सके पछि त्यों झोला ले आफ्नो विशेष पहिचान बनाई सकेको थियो, कतिसम्म भने त्यों झोला लिएर जो विदेश/जान्छ त्यसको विदेश यात्रा फलिफाप पूर्ण हुन्छ भन्ने सोच समेत बनी सकेको थियो र झोला माँग्न आउनेहरु थपिँदै गए , लिएर जानेहरू पनि विदेशमा जरा गाडेर बस्न थालिसकेका थिए । अब हामी सवैको सोचाइमा त्यों मामूली झोला नभई एक लक्षिणको , विशेष शक्ति युक्त झोला बनिसकेको थियो , यसो गन्दा बेल्जियम मात्र चार पटक ओहोरदोहोर गरिसकेछ अनी अमेरिका र यु।के। तिन तिन पटक र अरु एक एक पटक पुगेको देश त कति हो कति । त्यसको पनि पासपोर्ट हुने भैदिएको भए कम्तिमा तिन वटा पासपोर्ट बिभिन्न देशका भिसाहरु ले भरिसकेको हुनेथियो , तैपनि बेलाबेलामा बिभिन्न विमानसेवाहरुका रंगीचंगी बिल्लाहरू भने झुन्ड्याएर फर्किन्थ्यो । धेरैको फलिफाप गरेर त्यों अधवैसे झोला अब दराज भित्र थन्किएको छ र अलिक पुरानै भएपनि इज्जतका साथ बसेको छ । यसो विचार पुरयाउने हो भने त्यति धेरै नेपालीहरुलाई विदेश पुरयाएइ, भाग्य चम्काई दिइ नेपाललाई करोडौंको रेमिट्यान्स भित्र्याइ आर्थिक विकाशमा टेवा पुरयाउने त्यों झोलालाई त्यतिकै दराजमा थान्क्याएर राख्नु उचित हुदैन, हुनत म चाहन्छु यो झोला म संगै रहिरहोस तर एक सच्चा नागरिकको हैशियतले त्यस्तो स्वार्थी सोचाई पाल्नु देश विरुद्द घात गर्नु जस्तै ठानेँ , त्यसैले धेरै सोच समझ पछि के निर्क्यौल निकालेँ भने देश विकासको खातिर एक विशेष कार्यक्रम राखेर त्यों झोला नेपाल सरकारलाई हस्तांतरण गरिदिने! तर त्यसको निमित्त देश र जनताको लागी प्रतिवद्द सरकारले मेरो केही शर्तहरु मान्नु पर्नेछ र ती यस्ता हुनेछन : १.अब उप्रान्त कसैले पनि त्यस झोलाको निजी प्रयोग गर्न पाउने छैन ! २.सकेसम्म त्यस झोलालाई २४ घंटे सुरक्षाका साथ परराष्ट्र मन्त्रालयको राह्दानी विभागमा वा त्रिभुवन अन्तर्राष्ट्रीय विमानस्थलको प्रस्थान कक्षमा राख्नु पर्नेछ !३.कोटी कोटी देउ देउता भएको नेपालमा अर्को 'झोले देउता' भनेर सरकारी तवरमै घोषणा गर्ने !४. विदेश जाने हरेक नेपाली हरुलाई त्यों झोले देउता छुन दिने , पूजा गर्न दिने र उनिहरुको झोला त्यो झोले देउता संग छुवाउन अनिवार्य गर्नु पर्नेछ !५.नेपालका नामूद ज्योतिष, लामा , पंडित वा गुरु , माताहरुबाट त्यों विलक्षण , चमत्कारिक झोलाको कसरी चिरकालीन सदुपयोग गर्न सकिन्छ भन्ने उपाय पत्ता लगाउनु पर्नेछ !६.सकेसम्म सवै नेपालीहरुलाई विदेश जान प्रोत्साहित गर्ने र उचित वातावरण मिलाउनु पर्नेछ !त्यसपछि हामीहरुले विदेशी भूमिमा जसरी जरा गाडेर वस्न सकेका छौं त्यसै गरि पछि आउने नेपालीहरुले पनि विदेशमा जरा गाडन सक्नेछन , देशमा रेमिट्यान्सको भरमार ओइरो लाग्नेछ , जसको प्रत्यक्ष र अप्रत्यक्ष हजारौ लाभ देश र जनताले पाउने छन । बेरोजगारी , भोकमरी , बंद हड़ताल , नारा जुलुस र अपराधहरु स्वत हराएर जानेछन , गृह मन्त्रालयको बजेट ह्वात्तै कम हुनेछ , देश विकाश गर्छु भनेर युगौं को सपना पाल्ने त्यागी नेताहरुलाई पनि अनेकों संघर्ष र जेलनेल खाने र भूमिगत हुने अवस्था आउने छैन , व्यक्तिगत स्वार्थ कै लागि पार्टीको पुच्छर बन्नेहरु सबै बिलाएर जानेछन ।भीर पाखा र वन बुटयान खनी खोस्री गर्ने क्रम रोकिनेछ र विस्तारै सवै भिरपाखा वन जंगल हराभरा हुनेछ,त्यसको अर्को सकारात्मक प्रभाव सिधै पर्यटन विकाशमा पर्नेछ त्यस्तै खाले अनगिन्ति प्रभावहरुको एकमुष्ठ शक्तिले अहिले सम्म/रोकीएर रहेका विकाशका चौतर्फी ढोकाहरु एकाएक खुल्नेछन, भकाभक बाटाघाटा, पुल पुलेसा र अस्पतालहरु बन्नेछन अनि दश पन्ध्र वर्ष भित्रमा नेपाल र नेपालीको कायापलट सोचे भन्दा र भाषण गरे भन्दा सजिलै हुनेछ । देश शांत र हरा भरा , जनता ख़ुशी र राता पीरा । ७. र अन्तमा सरकारले त्यसपछि जलस्रोत, पर्यटन र औधोगिक विकाश र राजनैतिक स्थायित्वले मात्र देश विकाश हुन सक्छ भन्ने पुरानो सुगा रटाई निति त्याग्नु पर्नेछ र 'विदेश जाऔं, आफु बनौ अनी देशलाई बनाऔं' भन्ने नयाँ राष्ट्रीय नाराको सर्वत्र व्यापक प्रचारप्रशार गर्नुपर्नेछ । अन्तमा, पुन: भन्छु "विदेश जाऔं, आफु बनौ अनि देशलाई बनाऔं !"
भोलादाइको दशैँ
भोलादाइ (भोलानाथ गौतम) आफ्ना जहान परिवारसँग यसपालिको दशैँ भव्यरुपले मनाउने मनसायले न्वाकोटबाट बसको हुटमा हल्र्याङहल्र्याङ गाडीस‘गस‘गै हल्लि‘दैहल्लि‘दै लखतरान भएर बालाजुमा ओर्लिए र गह्रौ‘ झोला काँधमा झुण्ड्याएर सोझै नयॉ बसपारकतिर अघि बढे । आवस्यक किनमेल उनले तिर्सुलीमै सिध्याएकोले एक पाउको एक पोको गु‘दपाक चै‘ बसपारकमै लिउ‘ला भन्ने उनको सुर थियो । उनको सुरलाई एउटा बेसुरस‘ग कराउने मने (मनबहादुर खँड्का) भन्ने केटाले भताभुङ्ग पार्दै सोध्यो–‘ओ दाइ कॉ जाने ?’ बसपारकका गाडीका दलालहरूस‘ग भोलादाइ उहिल्यैदेखि सचेत थिए । त्यसैले उनले आफूलाई लोकल मान्छे देखाउने प्रयाश गर्दै भने– ‘काई‘ न काई‘ ।’ ‘के को काई‘ न कॉई नि । तीनमनको भारी बोकेर काईँ न काईँ भन्दा कसले पत्याउ‘छ ? आउनुस् दाइ, ठाडो फोल्डिङ्सिट भएको इस्पेसल गाडीमा सिट खालि छ । आउनुस्, आउनुस् कॉ जाने ?’ भन्दै मनेले भोलादाइको झोला तान्न थाल्यो । भोलादाइले मनेलाई घ‘चेट्तै आफ्नो झोला फुत्काए । उनी अलि रिसाए– ‘म जुन गाडीमा मन लाग्छ, त्यही गाडीमा जान्छु, तिम्रा करले हुन्छ ? बसपारकका सबै दलाललाई मैले राम्ररी चिन्याछु ।’ ‘ओ दाइ ! कल्लाई दलाल भनेको ? झन् आफ्नो गाउ‘को दाइ भनेर हेल्प गर्न खोजेको त उल्टै दलाल पो भन्छ यार !’ भन्दै मने पनि रिसाएझै‘ गरी जाल बुन्न थाल्यो । आफ्नो गाउ‘को दाइ भनेको सुनेपछि त्यो केटो कताकता हँडियाखोलाको ह्याम्से (हेमसागर कुईँकेल) पो होकि जस्तो लागेर भोलादाइले त्यसको अनुहारमा राम्ररी हेरे । के को हुन्थ्यो ह्याम्से ! अर्कै कुनै हरिलट्ठक मोरो रैछ । उनलाई डरडर पनि लाग्यो– दलाल भनिहालियो, गोद्ने पो हो कि बजियाले ! तर उनको डरलाई पर पुग्ने गरी मनेले अर्को ढुङ्गा फ्यॉक्यो अ‘ध्यारोमा – ‘ओ टङ्क दाइ, किचिकिच नगर्नुस् न ! आफ्नो गाउ‘को भाइलाई पनि के नचिनेको जस्तो गरेको ?’ बिचरा सोझा भोलादाइ छक्क परे र वरपर हेर्न थाले । त्यहॉ नजिक अर्को मान्छे त छैन ।‘तिमीले कसलाई टङ्क दाइ भनेको ?’ उनले सोधे । ‘ल दाइको नाम टङ्क होइन त ? टङ्क सुभेडी । मेरा ऑखा त तगडै छन् त ।’ मनेले आँखा मिच्तै भन्यो ।‘तिम्रा ऑखा त तगडै रैछन्, तर तिम्रो टाउकाको पेच चाहि‘ अलि खुकुलो भएछ । कत्ति इन्जिनको पेच मात्रै कस्छौ, आफ्नो टाउकाको पेच पनि कहिलेकाहि‘ कस्ने गर न भाइ !’ भोलादाइ पनि किन कम हुन्थे, सोझा भए पनि झापाली हावापानीमा हुर्केका । गफ गर्न सिपालु निस्किए ।‘म पनि कस्तो हुस्सु भए‘छु, दाइका काका कि ठूला बाका छोराको नाम पो हो क्यारे, टङ्क त । अनुहार ठ्याक्कै उस्तै रैछ ।’ मने छाड्नेवाला थिएन । ‘ए भाइ तिमी आफ्नो बाटो लाग्छौ कि ठीक पारौ‘ ? तिमीले मलाई के ठानेको छ ह‘ ? मलाई अरुअरु गाउ‘ले जस्तो सोझो ठानेर झुक्याउन खोज्या होला, म त टिचर हु‘ बुझ्यौ ? टिचर ! टङ्के सङ्के मलाई थाहा छैन । तिमी खुरुक्क आफ्नो बाटो लाग ।’ भोलादाइले चर्को प्रतिवाद गरे ।‘होइन टङ्क भनेको चाहि‘ को हो त सर ? त्यो सरको कोई न कोई त पर्छपर्छ । सरले ढॉट्तैमा म पत्याउ‘छु र सर ?’ मने चण्डाल भोलादाइलाई सरका सर लगाउन थाल्यो ।‘त्यो गधाको कुरा नगर । त्यो मेरो छिमेकी हो । के छिमेकी हुनु शत्रु हो शत्रु ।’ भोलादाइले उनको मिचाहा छिमेकी टङ्क सुबेदीलाई सम्झेर दाह्रा किटे । ‘ए......त्यै त भन्या ।’ मनेले लामो लेघ्रो तान्यो र उत्साहित हुँदै भन्यो– ‘म त तेस गधालाई सरकै दाजुभाइ रैछ भनिराख्या । अनुहार ठ्याक्कै मिल्छ ।’‘अ‘, त्यस दुष्टस‘ग मेरो अनुहार मिल्छ ! रगतको नाता हुनेहरूको त अनुहार मिल्दैन । छिमेकीस‘ग अनुहार मिल्छ ?’ भोला सरले अलिअलि आक्रोश र अलिकति आत्मविश्वासका साथ भने । ‘मिल्छ नि सर ! मिस्प्लेस भयो भने अनुहार मिल्न पनि सक्छ, छिमेकमा बसेपछि ।’ बज्जे मने त मनपरि पो बोल्न थाल्यो । भोला सरले एकछिन त कुरै बुझेनन्, सारै सोझा क्या ! गौप्राणी ! तर एकछिनमा कुरा बुझेछन्, एक्कासी झो‘क्किए– ‘के भनिस् ? तैले मेरा सोझा बालाई त्यस्तो कुकर्मी ठानिस् ?’ उनले मनेलाई झपारे । ‘होइन, होइन, सरको बुबालाई मैले नचिनेको हो र ! त्यस्तो भलाद्मी र ज्ञानी मान्छेलाई । मैले त त्यै गधा टङ्केकी आमालाई पो भनेको त ।’ मनेको घुमाउरो भाखा भोलादाइले बुझेनन् क्यारे, लामो लेघ्रो तानेर भने ‘ए...............।’मनेले भोलादाइलाई आफ्नो गाडीमा लैजान निकै बल ग¥यो तर भोलादाइले काउन्टरबाटै टिकट काट्ने अड्डी लिएपछि ‘दाइ पनि क्या रड्डी गर्नुहुन्छ’ भन्दै उसले भोलादाइलाई काउन्टरमा लगेर सबै बसका बुकिङ प्याडहरू निकालेर देखायो । सबै प्याडमा पछाडि–पछाडिका सीट नम्बरमा बेस्कन कोरेको र अगाडिका सीटमा अलिअलि कोरेको थियो । यो धॉधलीका बारेमा भोलादाइलाई उत्ति ज्ञान थिएन क्यारे, उनी चुप लागे । वाध्य भएर उनी तथाकथित् गाउ‘ले भाइका पछि लागे । मनेले भोलादाइको झोलाको एकापट्टिको उझिण्डोमा समातेर भोलादाइ र झोला दुवैलाई घिसार्दै एउटा बूढो गाडीको ढोकासम्म पु¥यायो । खलासी राजकुमार चौधरी न्वारानदेखिको बल निकालेर यात्रीहरूलाई ढोकाबाट भित्रतिर घ‘चेट्तै थियो । त्यो देखेर भोलादाइ भुइ‘मा थचक्क बसे । ‘सीट भएको तिम्रो बस यै हो ?’ उनले मनेतिर हेर्दै भने । ‘पख्नुस् न सर, यॉ लोकल पेसेन्जर जबरजस्ती पसेर कस्तो भइरा छ । थानकोटदेखि यी सबै आर्लिन्छन् अनि त सुतेर गए पनि हुन्छ ।’ मनेले फकायो । तर भोलादाइ टसको मस भएनन् । उनी झोला बोकेर हि‘ड्न खोजे । मने भोलादाइको झोला तान्दै गाडीभित्रतिर फर्किएर करायो– ‘ए रुद्रे ! पछाडिको एउटा सीट खालि थियो नि, बॉकी छ कि छैन ?’पछाडिबाट रुद्रबहादुर लामाको चिल्लो आवाज सुनियो– ‘छ, छ । तै‘ले भनेको आफ्नो मान्छे पाल्नुभो ?’‘आउनुभो, आउनुभो, म त्यता पठाइदिन्छु, मिलाएर राख् है ?’ मनेले भनेपछि भोलादाइको अनुहारमा पनि चमक आयो । मनेले भोलादाइको झोला बसको हुटमाथि हुत्याइदियो र भोलादाइलाई बसको ढोकामा उभिन लगाएर पछाडि डडाल्नाबाट जोडस‘ग घ‘चेड्न थाल्यो । करङ्हरू भाँचिनभाँचिन खोज्दै भोलादाइ ८–१० जना मान्छे र दशथरि भारीतारीलाई छिचोलेर अलिकति भित्र पुगे । ‘ल दाइ भाडा दिनुस्, भरे झ्याउ हुन्छ ।’ मने टिकट लिएर ठिक्क प¥यो । मनेको कुरा सुनेर भोलादाइ जङ्गिए– ‘पहिला सीटमा बस्न त पाउनुप¥यो नि !’‘सीटमा त बसिसके‘ भन्ठान्नुस् न ! झन् वॉ सीट रोकेर राखिराख्या छ । ल ल झिकिहाल्नुस्, गाडी हि‘ड्ने बेला भयो ।’ मनेले अलि क्रुरता प्रदर्शन गर्दै टिकट काट्न हतार गर्नथाल्यो । ‘कति पैसा ?’ भोलादाइले लाचार भएर सोधे ।‘कॉसम्म पुग्ने ?’ मनेले बल्ल यस्तो प्रश्न ग¥यो । ‘दमक त हो नि, अन्त कॉ जाने ?’ भोलादाइले झर्कि‘दै भने ।‘द...द...दमक ?’ मने आश्चर्यचकित भयो ।‘अ‘ ! कति हो भाडा ?’‘बिस्तारै बोल्नुस् । अरुले सुने भने किचकिच गर्छन् । खोई दुई सय पचास झिक्नुस् ।’ मनेले साउतीको स्वरमा भन्यो ।मनेको उत्तर सुनेर भोलादाई एकछिन जिल्ल परे । भोलादाइलाई विस्वासै भएन, किनभने उनले दमकका लागि दलाली गरेर साढेछसयसम्ममा भाडा मिलाउने मनमनमा अठोट गरेका थिए । तै पनि भोलादाइले आफूलाई सम्हाल्दै आम नेपाली यात्रीधर्म अनुसार भने– ‘अलिक मिलाऊ न भाइ ।’‘ल त ल, दुईसय रुप्याँ ल्याउनुस् । छिटो गर्नुस् ।’ मने भोलादाइका कानैमा फुसफुसायो । भोलादाइ पैसा झिक्न थाले । मनेले नाम सोध्यो । भोलादाइले आफ्नो नाम भनेपछि मनेले आफैँलाई सराप्यो – ‘थुक्क मेरो गोबर भरिएको दिमाग, भोलासरको नाम पनि बिर्सिने म कस्तो हुस्सु भए‘छु ।’ पैसा हात पारेर मनेले भोलादाइलाई भित्रतिर घ‘चेड्यो र सबभन्दा पछाडिको सीटमा गएर बस्न भन्यो । भोलादाइ उता फर्किएर चेप्पिन थाले, मने ओर्लिएर गयो । भोलादाइ भित्र पसेर रुद्रेलाई खोज्न थाले । त्यहॉ कुनै रुद्रे नामक जन्तु फेला परेन । कसैले उनको कुरा पनि सुनेन । सबै त्यहॉ आआफ्नै सकसलाई कम गर्ने प्रयाशमा व्यस्त थिए । पछाडि समस्यैसमस्या थिए । कसैका सिट डबल परेका, कसैका सिट फोल्डिङ नहुने, कसैका झ्यालको शिशा नखुल्ने, कसैका खुल्याखुल्यै गर्ने, कुनै झ्यालमा शिशै नभएका इत्यादि इत्यादि । यतिकैमा गाडी स्टार्ट भएर हि‘ड्न खोजेजस्तो गर्न थाल्यो ।भोलादाइ छक्क परेर एकछिन उभिए र कराउन थाले– ‘ए टिकट काट्ने भाइ ! ए टङ्केका साथी ! यॉ पछाडि त एउटा पनि सिट छैन त ।’ ‘किन छैन, त्यत्रा सिट छन् । सिटैसिट त छन् नि । तपाईको कति नम्बर हो ?’ नेपथ्यबाटबाट आवाज आयो ।भोलादाइले टिकटमा हेरे र भने– ‘‘सि’ को एक नम्बर वा ‘एम’ को दुई नम्बर लेखेको छ ।’ ‘ए ऽऽऽ, सि भनेको चमेरेसिट हो, एम भनेको मूढेसिट हो । कि त चमेरो जस्तो माथि झुण्डिएर जाने कि त खालि भएपछि मूढामा बस्ने ।’ नेपथ्यबाट यस्तो उत्तर सुनेपछि भोलादाइका कन्सिरीका रौ‘ ठाडाठाडा भएर आए र रिसले रगत उम्लिएर गाडीभित्रै पोखिएला जस्तो भयो । उनी मान्छेहरूलाई पन्छाउ‘दै अगाडि आए र मनेलाई खोज्न थाले । मने बेपत्ता भइसकेको थियो । अर्को एउटाले आएर पछि सिट खालि भएपछि मिलाइदिउ‘ला, तपाई सोझो मान्छे फटाहाका फेला पर्नुभएछ, भन्दै चेपारे पा¥यो र भन्यो, ‘दसै‘को मुखमा दुईदिन अगाडि आएर सिटमा बसेर जाने सपना देख्ने तपाई पनि मूर्खै हुनुहु‘दोरैछ दाइ’ भन्दै उल्यायो । भोलादाइ एक भन्नु न दुई भन्नु भएर आफ्नै मूर्खतालाई धिकार्दै पछाडि सरे र चमेरे सिटमा झुण्डिए । गाडी हि‘ड्यो । थानकोट कट्यो, नौबिसे पछि प¥यो, गजुरी गयो, मुग्लिन हरायो, भोलादाइ उभिएको उभियै ।गाडी नारायणघाटमा रोकियो । कतै सिट खालि हुन्छ कि भनेर भोलादाइले वरपर ऑखा डुलाए । तर अह‘ कोही चटपटाएन । भोलादाइ निराश भएर पुरानै पोजिशनमा उभिए । भोलादाइ त्यो बेला छक्क परे जब गाडीले फनक्कै घुमेर नारायणीको पुलतिर मुख फर्कायो । उनले सोचे तेल भर्न गा होला । गाडी अलि अगाडि बढ्यो । उनले सम्झे आज मलाई निशा लाग्यो कि क्या हो ? गाडी अझै अगाडि बढेर जब पुलमाथि नै कुद्न थाल्यो तब उनी जोडले चिच्याए– ‘ए..गाडी रोक्, गाडी रोक् !’‘के भयो ? मान्छे छुट्यो कि क्या हो ?’ कसैले अगाडिबाट सोध्यो ।‘यो गाडी किन पश्चिमतिर लागेको ?’ भोलादाइले आत्तिएको स्वरमा सोधे । उनले यो कुरा सोध्दासोध्दै गाडी नारायणी नदी पारि पुगिसकेको थियो । उनी फेरि कराए – ‘गाडी रोक भनेको सुनेनौ ? एइ गुरुजी गाडी रोक ।’ गाडी बल्ल रोकियो । भोलादाइ स्यॉस्यॉ र फ्यॉफ्यॉ गर्दै अगाडि पुगे र कराए– ‘यो गाडी किन यता लागेको ?’‘यसको बाटै यतै हो त कता लाग्नु ?’ कन्टेक्टरले ठाडो जवाफ दियो ।‘कॉकरभिट्टा जाने होइन यो ? मलाई त दमकको टिकट पो कटाएको छ त ।’ भोलादाइले विस्मयकारी स्वरमा भने ।‘लौ कस्ता कस्ता मान्छे पनि गाडीमा चढ्छन् ? यो त दाङ् जाने गाडी हो ।’ एकजना यात्रुले भन्यो ।‘थुक्क असती । त्यो अघि मसित पैसा लिने केटो कॉ छ ? त्यसलाई यॉ ल्याओ ।’ उनी चिच्याए ।‘तपाईको टिकट काट्ने मान्छे त बसपारककै मान्छे हो । यॉ खोजेर त्यसलाई भेटिन्छ त ।’ जवाफ सुनेर भोलादाइ अक्क न बक्क भए । एकजना यात्रीले भोलादाइसित टिकट माग्यो र हे¥यो । टिकटमा भरतपुर नै लेखिएको थियो । त्यो थाहा पाएर कतिले दुईसय रुप्यॉमा दमक पुग्न खोज्दा यस्तै हुन्छ भनेर जिल्याए । कतिले बिचरा सोझोमान्छे फेला परेछ भनेर सहानुभूति दर्शाए । कतिचाहि‘ डल्लो परीपरी हॉस्न थाले । ड्राइभर खलॉसी सबैले ओर्लन भनेपछि उनी मध्यरातमा गाडीबाट ओर्लिए, सडकको पारिपट्टि गए र पूर्व जाने गाडीको प्रतिक्षामा सडक किनारामा टुक्रुक्क बसे । निकैबेर बसेपछि बल्लतल्ल जनकपुर जाने एउटा गाडीले मुढामा बसाएर ढल्केबरसम्म लैजाने भयो । दङ्ग पर्दै बसमा चढ्नु अघि उनले अचानक आफ्नो सम्पूर्ण सामानसहितको झोला दाङ् जाने गाडीको छतमा बसेर पश्चिमतिर लागेको कुरा झल्यॉस्स सम्झे । उनले सम्झे– त्यही झोलामा त थियो नि प्राणप्यारी प्रेमकलालाईलाई किनिदिएको धोती, पुतलीजस्ती प्यारी छोरीलाई किनिदिएको जामा, तीनवर्ष अघि न्वारान गरेकै दिन छाडेर हि‘डेको कलेजाको टुक्रो छोराका लागि किनिदिएको फलाटिनको न्यानो दौरासुराल, रगत पसिना एक गरेर कमाएको तीन महिनाको तलव, नागरिकताको प्रमाणपत्र, नुवाकोटमै बसी बसी प्राइभेट जाँच दिएर पास गरेको आइ.ए.को ओरिजिनल सर्टिफिकेट आदि सर्वस्वै । भोलादाइलाई भाउन्न होला जस्तो भो । उनको मन कटक्क भएर आयो । स्वास्नी छाराछोरीका धमिला तस्वीरहरू आफ्ना वरिपरि नाच्न थाले । आँखा टिलपिलाए । मध्यरातमा फेला परेको लोग्नेमान्छे आँखाभरि आँसु पारेर टोलाएको देखेपछि पूर्व जाने गाडीको खलॉसीले भोलादाइलाई सडकमै छाडेर ‘जाउँजाउँ गुरुजी, पागल पो रैछ’ भन्दै बसको ढोकामा ढ्याँङ्ढ्याँङ् पा¥यो । गाडी झलमल्ल उज्यालो छर्दै पूर्वतिर हुईँकियो । भोलादाइ निष्पट्ट अँध्यारोमा सडकको पारिपट्टि गए र पश्चिम जाने गाडीको प्रतिक्षामा उसैगरी सडककिनारामा टुक्रुक्क बसे ।
जय डिभी
मैले वर्षैपिच्छे डीभी भरेको थिए। झण्डै पन्ध्र वर्षको अन्तरालमा डीभी पर्यो। शुरुमा त भुइँमा न भाँडामा भए साथीभाइसँग भेट हुँदा फूलका गुच्छा र फोनमा शुभकामनाले मेरो दिमाग आकाशमा उडेथ्यो। लाग्थ्यो आमाले शुभ दिनमा जन्माइछन्। म अमेरिका गएँ। गाउँमा हल्लीखल्ली नै भएछ फलानो अमेरिका गएछ। दुई चार दिनसम्म गाउँमा कुराकानी भयो। पछि म अमेरिका नै बसेँ। मैले गाउँ सम्झन नसकेपछि गाउँलेले पनि मलाई बिर्से, वास्तै गरेनन् किनभने म मेरो स्वार्थका लागि मात्र गएको थिएँ, अरूको लागि होइन, मेरो कुरा गरेर साध्य पनि थिएन, मैले गाउँलाई चटक्क बिर्सेर डीभी परेपछि अमेरिका छिरेको थिएँ। अहिले म अमेरिकामा छु।
म कृत्रिम कुरामा रमाएको छु। घर छ, कम्प्यूटर, वासिङ मेसिन छ, ग्यारेजमा पजेरो छ, सारा विलासी वस्तु छन्, कुनै कुरामा कमि छै्रन। मैले स्वर्ग अनुभव गरेँ। दुई/चार वर्ष रमाईलो गरी बिते। तर म अहिले सम्झन्छु म अमेरिका भए पनि म अमेरिकन हुन सकेको छैन। न मेरा निला आँखा छन्, न खैरो कपाल छ, न म कुहिरे नै भएको छु। परिचयको क्रममा नेपालबाट आएको नेपाली नभनी धर नै पाउँदिन। अमेरिका बसेर म किन नेपाली भएको छु म आफैँलाई थाहा छैन। नेपाल टाढा छ, म नेपालमा पनि छैन र पनि अमेरिकन हुन नसक्नु भएको बाँदर, कुकुर, भालु विरालो मान्छे हुन नसक्नु जस्तै त हो। अर्काको घरमा अर्काले दिएको मिठो एका गाँसमा मान्छेको घरमा रमाउने जनावरको के हैसियत हुन्छ र? खान्छ केवल पुच्छर हल्लाउँछ, पशु न हो।
त्यहाँ भएको सबै बस्तु नेपालमा छ तर नेपालमा भएको कुरा त्यहाँ रहेन रैछ। त्यहाँ सगरमाथा छैन, गौतम वुद्ध पनि त्यहाँ जन्मेका होइनन्। प्राकृतिक गुफा, मठ मन्दिर, छाँगा, छहरा झर्ना, लालीगुराँस पनि छैन। अमेरिका रित्तो छ प्राकृतिक रूपले तर कृत्रिम हाँडाचिण्डा धेरै छन् मानवले बनाएका। त्यसको वयान गरी साध्य छैन। मान्छेलाई कृत्रिम वस्तु मन पर्दैन। त्यसैले मान्छे चै अमेरिका जाँदोरहेनछ, जापान स्वीट्जरल्याण्ड, वेलायत, जर्मनीमा मान्छे रहेछन्। उनीहरू अमेरिका जाँदैनन् किनभने मान्छेले त कृत्रिम वस्तु निर्माण गर्न सक्दो रहेछ। भैँसीलाई हरियो चस्मा लगाइदिँदा सुकेको पराल खाए जस्तै भुइँमा न भाँडामा भएर म पनि अमेरिका गएको थिएँ। मान्छे अमेरिका जाँदैन किनभने अमेरिकामा मान्छे छन्। मान्छेले भालु, वानर नचाउँछ, नाँच मान्छे रमाईलो मानेर हेर्छ।
नाच्ने किन नाँच्छ उसलाई नै थाहा छैन, केवल नाच्छ, दिनैपिच्छे नाच्छ, बाँचुन्जेल नाच्छ। उसको जन्म नाँचनुको पर्याय हो। मलाई थाहा लाग्यो मान्छे आफ्नो जन्मस्थान छोडेर जाँदैन। वेलायत, जापान, स्वीटजरल्याण्डमा मान्छे रहेछन्। उनीहरू देश छोड्दैनन्, अर्काको घर राम्रो देख्ने, अर्काको दासत्वमा सुखी हुने त कुकुर विरालो हो र आफ्ना आमाबाबु, बासस्थान छोडेर मान्छेको घरमा रमाउँछ। अमेरिकाको भाषा साथै लवाईखवाई बेग्लै छ नेपालको भन्दा। तर मैले त्यहाँको ढुङ्गा छामेँ नेपालको जस्तै कडा छ। माटो सुँघेँ नेपालको जस्तै गनाउँछ। रुखका बोक्रा चिमोट्दा उस्तै छन्। पानी उस्तै छ तलतिरै बग्छ। आकाशमा हेर्यो चन्द्रसूर्य तारा नेपालबाट देखे जस्तै देखिन्छ। सास फेर्ने हावा उस्तै छ तर म किन नेपाल छोडेर अमेरिकामा रमाएँ? त्यसैले म मान्छे होइन। वास्तवमा म मान्छे भए त आफ्नो घर बनाउँथे।/सारा वस्तु भरिपूर्ण हुँदाहुँदै पनि मैले घर बनाउँन सकिन। म जस्तै पशुको जमात बढ्दो छ। अर्काले दिएको एक गाँस मिठोमा रमाउने म जस्ताले कहिल्यै घर बनाउँदैनन्। घर बनाउन धेरैको मद्दत चाहिन्छ एकजनाले घर बनाउँनै सक्दैन। म एक्लै भएको महसूस गरेको हुँदा जग खन्नेदेखि धुरी कस्दासम्म मेरो हाडखोड मक्किन्छ भन्ने मलाई डर छ, त्यसैले म घर बनाउँदिन। मलाई थाहा छैन मेरा बालबच्चा नालीमा फालिन्छन वा आश्रममा बाच्छन्। मलाई मुतको न्यानो छ। मैले भविष्य हेर्नु पनि छैन। सन्तान जतासुकै जाउन्, जेसुकै खाउन्। म कृत्रिम रमाईलोमा रमाउन चाहन्छु। जय डीभी ।