My Blog List

Monday, January 4, 2010

जय डिभी

मैले वर्षैपिच्छे डीभी भरेको थिए। झण्डै पन्ध्र वर्षको अन्तरालमा डीभी पर्‍यो। शुरुमा त भुइँमा न भाँडामा भए साथीभाइसँग भेट हुँदा फूलका गुच्छा र फोनमा शुभकामनाले मेरो दिमाग आकाशमा उडेथ्यो। लाग्थ्यो आमाले शुभ दिनमा जन्माइछन्। म अमेरिका गएँ। गाउँमा हल्लीखल्ली नै भएछ फलानो अमेरिका गएछ। दुई चार दिनसम्म गाउँमा कुराकानी भयो। पछि म अमेरिका नै बसेँ। मैले गाउँ सम्झन नसकेपछि गाउँलेले पनि मलाई बिर्से, वास्तै गरेनन् किनभने म मेरो स्वार्थका लागि मात्र गएको थिएँ, अरूको लागि होइन, मेरो कुरा गरेर साध्य पनि थिएन, मैले गाउँलाई चटक्क बिर्सेर डीभी परेपछि अमेरिका छिरेको थिएँ। अहिले म अमेरिकामा छु।

म कृत्रिम कुरामा रमाएको छु। घर छ, कम्प्यूटर, वासिङ मेसिन छ, ग्यारेजमा पजेरो छ, सारा विलासी वस्तु छन्, कुनै कुरामा कमि छै्रन। मैले स्वर्ग अनुभव गरेँ। दुई/चार वर्ष रमाईलो गरी बिते। तर म अहिले सम्झन्छु म अमेरिका भए पनि म अमेरिकन हुन सकेको छैन। न मेरा निला आँखा छन्, न खैरो कपाल छ, न म कुहिरे नै भएको छु। परिचयको क्रममा नेपालबाट आएको नेपाली नभनी धर नै पाउँदिन। अमेरिका बसेर म किन नेपाली भएको छु म आफैँलाई थाहा छैन। नेपाल टाढा छ, म नेपालमा पनि छैन र पनि अमेरिकन हुन नसक्नु भएको बाँदर, कुकुर, भालु विरालो मान्छे हुन नसक्नु जस्तै त हो। अर्काको घरमा अर्काले दिएको मिठो एका गाँसमा मान्छेको घरमा रमाउने जनावरको के हैसियत हुन्छ र? खान्छ केवल पुच्छर हल्लाउँछ, पशु न हो।
त्यहाँ भएको सबै बस्तु नेपालमा छ तर नेपालमा भएको कुरा त्यहाँ रहेन रैछ। त्यहाँ सगरमाथा छैन, गौतम वुद्ध पनि त्यहाँ जन्मेका होइनन्। प्राकृतिक गुफा, मठ मन्दिर, छाँगा, छहरा झर्ना, लालीगुराँस पनि छैन। अमेरिका रित्तो छ प्राकृतिक रूपले तर कृत्रिम हाँडाचिण्डा धेरै छन् मानवले बनाएका। त्यसको वयान गरी साध्य छैन। मान्छेलाई कृत्रिम वस्तु मन पर्दैन। त्यसैले मान्छे चै अमेरिका जाँदोरहेनछ, जापान स्वीट्जरल्याण्ड, वेलायत, जर्मनीमा मान्छे रहेछन्। उनीहरू अमेरिका जाँदैनन् किनभने मान्छेले त कृत्रिम वस्तु निर्माण गर्न सक्दो रहेछ। भैँसीलाई हरियो चस्मा लगाइदिँदा सुकेको पराल खाए जस्तै भुइँमा न भाँडामा भएर म पनि अमेरिका गएको थिएँ। मान्छे अमेरिका जाँदैन किनभने अमेरिकामा मान्छे छन्। मान्छेले भालु, वानर नचाउँछ, नाँच मान्छे रमाईलो मानेर हेर्छ।
नाच्ने किन नाँच्छ उसलाई नै थाहा छैन, केवल नाच्छ, दिनैपिच्छे नाच्छ, बाँचुन्जेल नाच्छ। उसको जन्म नाँचनुको पर्याय हो। मलाई थाहा लाग्यो मान्छे आफ्नो जन्मस्थान छोडेर जाँदैन। वेलायत, जापान, स्वीटजरल्याण्डमा मान्छे रहेछन्। उनीहरू देश छोड्दैनन्, अर्काको घर राम्रो देख्ने, अर्काको दासत्वमा सुखी हुने त कुकुर विरालो हो र आफ्ना आमाबाबु, बासस्थान छोडेर मान्छेको घरमा रमाउँछ। अमेरिकाको भाषा साथै लवाईखवाई बेग्लै छ नेपालको भन्दा। तर मैले त्यहाँको ढुङ्गा छामेँ नेपालको जस्तै कडा छ। माटो सुँघेँ नेपालको जस्तै गनाउँछ। रुखका बोक्रा चिमोट्दा उस्तै छन्। पानी उस्तै छ तलतिरै बग्छ। आकाशमा हेर्‍यो चन्द्रसूर्य तारा नेपालबाट देखे जस्तै देखिन्छ। सास फेर्ने हावा उस्तै छ तर म किन नेपाल छोडेर अमेरिकामा रमाएँ? त्यसैले म मान्छे होइन। वास्तवमा म मान्छे भए त आफ्नो घर बनाउँथे।/सारा वस्तु भरिपूर्ण हुँदाहुँदै पनि मैले घर बनाउँन सकिन। म जस्तै पशुको जमात बढ्दो छ। अर्काले दिएको एक गाँस मिठोमा रमाउने म जस्ताले कहिल्यै घर बनाउँदैनन्। घर बनाउन धेरैको मद्दत चाहिन्छ एकजनाले घर बनाउँनै सक्दैन। म एक्लै भएको महसूस गरेको हुँदा जग खन्नेदेखि धुरी कस्दासम्म मेरो हाडखोड मक्किन्छ भन्ने मलाई डर छ, त्यसैले म घर बनाउँदिन। मलाई थाहा छैन मेरा बालबच्चा नालीमा फालिन्छन वा आश्रममा बाच्छन्। मलाई मुतको न्यानो छ। मैले भविष्य हेर्नु पनि छैन। सन्तान जतासुकै जाउन्, जेसुकै खाउन्। म कृत्रिम रमाईलोमा रमाउन चाहन्छु। जय डीभी ।

link:http://samakalinsahitya.com/

1 comment:

Anonymous said...

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।